सर्लाहीको कविलासी एक युवकको हत्या – Madhesh Update

सर्लाहीको कविलासी एक युवकको हत्या

   June 21, 2022  

सर्लाहीको कविलासी नगरपालिका–८ २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या भएको छ। आज बिहान उनको शव रगत लतपतिएको अवस्थामा घरभन्दा केही पर सडक छेउ खोल्सामा फेला परेको हो।

धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बाटोभरी रगतका छिटाहरु छन्।

स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले अहिले घटनास्थललाई घेरा हालेर अनुसन्धान गरिरहेको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जनकारी दिए।