पार्टी भित्रको विवादलाई नजरअन्दाज गर्दै जसपा अध्यक्ष यादवले विवादास्पद ठेकेदारलाई पार्टी प्रवेश गराए
पार्टी भित्रको आन्तरिक विवाद चर्कीरह्दा त्यसलाई पन्छाउदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एक जना विवादास्पद ठेकेदारलाई पार्टी प्रवेश गराएका छन । गएको ३० बैशाखमा भएको स्थानिय निर्वाचनमा जनकपुरमा मेयरका उम्मेदवार बनेका
रमण कन्स्ट्रक्सनका सञ्चालक बलराम महतो सोमवार जनकपुरमा आयोजित एक कार्यक्रममा जसपा प्रवेश गरेका छन्। उनलाई जसपा अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अवीर लगाएर पार्टीमा प्रवेश गराएका हुन्।
जनकपुरधाम उपमहानगरको मेयर पदमा महतो स्वतन्त्रबाट चुनाव लडेका थिए। पाचौँ स्थानमा रहेका उनको जमानतसमेत जफत भएको थियो।
महतो धनुषा निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभामा चुनाव लड्ने उद्देश्यले जसपा प्रवेश गरेको चर्चा छ। स्वतन्त्रबाट जित्ने छाँटकाँट नदेखेपछि उनी जसपा प्रवेश गरेका हुन्। महतो ठेक्केपटटामा विवादास्पद ठेकेदार छन ।
२०७४ को प्रतिनिधिसभा चुनावमा सो क्षेत्रमा तत्कालिन उपेन्द्र यादव नेतृत्वकै पार्टी संघीय समाजवादी फोरमबाट उमा शंकर अरगरियाले जितेका थिए।
पार्टी एकता भएर जसपा विभाजित हुँदा अरगरिया उपेन्द्रको कित्ता छाडेर महन्थसँगै लोसपामा लागेका हुन्। सो क्षेत्रमा दुवै प्रदेशसभा सदस्य क्षेत्र पनि फोरमले नै जितेको थियो।