राजविराजमा मतदाता नामावली संकलन प्रक्रियालाई सहज बनाउनुपर्ने भन्दै अन्तक्रिया कार्यक्रम – Madhesh Update

राजविराजमा मतदाता नामावली संकलन प्रक्रियालाई सहज बनाउनुपर्ने भन्दै अन्तक्रिया कार्यक्रम

   June 19, 2022  

मतदाता नामावलीमा महिला, दलित लगायत सीमान्तकृत समुदायको पहुँच सुनिश्चिताका लागि मतदाता संकलन प्रक्रियालाई सहज बनाउनुपर्नेमा एक कार्यक्रममा जोड् दिइएको छ ।

दलित सरोकार मञ्‍च कञ्चनरूपले आईतबार राजविराजमा आयोजना गरेको जिल्लास्थित सरोकारबालासँगको अन्तरक्रियामा उक्त जोड् दिइएको छ ।

दलित अगुवा तथा अभियन्ता भोला पासवानले मतदाता नामावलीमा महिला, दलितसहित सिमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उनले मतदाता नामावलीमा दलित, महिलाहरू छुटेकोले त्यस्ता मतदाताहरूलाई समाबेश गर्न निर्वाचन कार्यालय कार्यालयले वडास्तरमा टोली खटाएर टोकन प्रक्रिया अपनाई मतदाता नामावलीमा समाबेश गर्नुपर्ने सुझाव दिए ।

राजविराज नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गंगाराम खंगले दलित, महिला वर्ग मा जनचेतना जगाई छुटेका मतदाता नामवली संकलन गर्न सुझाव दिए ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीले जनशक्तिको अभावका कारण मतदाता नामावली संकलन गर्न कठिनाई भइरहेको बताए ।

उनले मतदाता नामावली संकलन गर्न नियमित प्रक्रिया भएकोले समयमा मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरे ।