पर्सामा जबरजस्ती करणी मुद्दाका दोषी १० बर्षपछि पक्राउ – Madhesh Update

पर्सामा जबरजस्ती करणी मुद्दाका दोषी १० बर्षपछि पक्राउ

   June 19, 2022  

पर्सामा प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका १ का ३५ बर्षीय उमाशंकर गिरीलाई पक्राउ गरेको हो ।

२०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ बर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो ।

घटनापछि उनी फरार रहेको र अहिले पक्राउ गरेर अदालत बुझाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले असार ०५ गते ११ बजे वीरगञ्ज-१ छपकैयाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।