दोहोरो नागरीकता लिएको आरोपमा जनकपुरवाट एक जना पक्राउ
जनकपुरमा प्रहरीले एक जनालाई दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरेको छ । जनकपुर उपमहानगरको वडा नम्बर ८ मा बस्ने आनन्द मिश्र भन्ने आनन्द मोहन शरणले भारत र नेपाल दुवै तिरको नागरिता लिएको आरोपमा पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यलय धनुुषाको विशेष अनुसन्धान टोलीले प्राप्त सुचनाको अधारमा जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नं ४ बाट २३ बर्षीय आनन्द मिश्र भन्ने आनन्द मोहन शरणलाई नियत्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका मिश्रलाई नागरिकता सम्बन्धी कागजातहरू माग गरी हेर्दा निजले आनन्द मिश्र नाम भएको नागरिकताको प्रतिलिपि र आनन्द कुमार मिश्र नाम गरेको सक्कलै नागरिकताको प्रतिलिपि समेत देखाएको प्रहरीको दावी छ । उनी संग नागरिकताको प्रतिलिपिहरू समेत बरामद भएको र उनलाई नागरिकता सम्बन्धि मुद्दामा म्याद थप गरि थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।