जानकी मन्दिरले विद्युत् महसुल नतिरेको खुलासा, ७८ लाख बढी बक्यौता भए पछि लाइन काटने प्राधिकरणको चेतावनी – Madhesh Update

जानकी मन्दिरले विद्युत् महसुल नतिरेको खुलासा, ७८ लाख बढी बक्यौता भए पछि लाइन काटने प्राधिकरणको चेतावनी

   June 15, 2022  

जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरले विद्युत महसुल नतिरेको खुलेको छ । विद्युुयत प्राधिकरणले जानकी मन्दिर माथी ७८ लाख वढी बक्यौता भएको भन्दै विद्युत लाईन काटने चेतावनी दिएको छ ।

मन्दिरलाई प्राधिकरणले तीनदिने अल्टिमेटसमेत दिएको छ।

जानकी मन्दिरले प्राधिकरणलाई ७८ लाख १३ हजार २ सय ९७ रुपैयाँ महसुल तिर्न बाँकी छ। पटक पटक महसुल तिर्न प्राधिकरणले ताकेता गरे पनि मन्दिरले बेवास्ता गर्दै आएको थियो। तर अहिले प्राधिकरणले तीन दिनभित्र महसुल नबुझाए लाइन काट्ने अल्टिमेटम दिएको हो।

तीनदिने अल्टिमेटम पाएपछि भने मन्दिरले किस्ताबन्दीमा महसुल तिर्ने गरी प्राधिकरण कार्यालयसँग सहमति गरेको छ।

गत जेठ २३ गते प्राधिकरण जनकपुरले तीनदिन भित्र महसुल नतिरे लाईन काटिदिने अल्टिमेटम दिएको थियो। त्यस पश्चात जानकी मन्दिरले महिनामा ३ लाख २७ हजारको दरले २ वर्ष सम्म किस्तामा महसुल तिर्न सहमत भएको हो।

अब महिनाको ३ लाख २७ हजार रुपैयाँको दरले महसुल दुईवर्षसम्म किस्ताबन्दीमा तिर्ने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिए।

महसुल तिरिदिन विभिन्न निकायसंग आग्रह गरेपनि नतिरेपछि लाईन काटिने अवस्था भएपछि बाध्य भएर मन्दिरले नै तिर्न सहमत भएको उनले बताए।

जानकी मन्दिरमा महिनाको लाखौं रुपैयाँ भेटी चढ्नु को साथै जानकी मन्दिर छेउका विवाह मण्डप ठेक्का लागेको आम्दानी आउने गर्दछ। तर, मन्दिरले वर्षौ देखि विजुलीको महसुल नतिर्दा चर्को आलोचना हुन थालेको छ ।

जानकी मन्दिरका महन्थ तथा पुजारीहरु माथी मन्दिरको आर्थिक आम्दनी हिनामिना गर्ने गरेको र मन्दिरको अधिनमा रहेको सयौ विद्या जग्गा बेचेको आरोप लाग्दै आएको छ ।