पार्टीका आन्तरिक विवाद वढीरह्दा जसपा अध्यक्ष उपेन्द्र यादवद्धारा विद्यान अधिवेशन स्थगीत – Madhesh Update

पार्टीका आन्तरिक विवाद वढीरह्दा जसपा अध्यक्ष उपेन्द्र यादवद्धारा विद्यान अधिवेशन स्थगीत

   June 14, 2022  

पार्टी भित्रको आन्तरिक विवाद चर्कीरह्दा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १/२ असारका लागी निर्धारण गरिएको विद्यान अधिवेशन एकतर्फी स्थगीत गरेको छ । पार्टीको सबै निकायलाई आन्तरिक परिपत्र पठाउदै अध्यक्ष यादवले असार १/२ गतेका लागी तय गरिएको विद्यान अधिवेशन हाललाई स्थगीत गरेको उल्लेख गरेको छ ।

पार्टी भित्र विवाद वढे पछि गत फागुन सुुरु मै जसपा कार्यकारणी समिति बैठकले स्थानिय तह निर्वाचन पछि असारको १/२ गतेका लागी पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।

स्थानिय तह निर्वाचन पछि पुन पार्टीमा आन्तरिक विवाद वढीरह्दा कार्यकारणी समितिले तय गरेको विधान अधिवेशन नै अध्यक्ष यादवले स्थगीत गरिदिएको छ ।

विधान अधिवेशन स्थगीत भए संगै जसपा नेपालको आन्तरिक विवाद थप चर्केने देखिएको छ । संघिय परिषद अध्यक्ष बाबुराम भटराई पक्षले पार्टीको बहुमत कार्यकारणी र संसद संख्यावाट अध्यक्ष तथा संसदीय दलको नेता दुवै पद खोस्ने तयारी अगाडी वढाएको छ ।