संसदमा अलपत्र रहेको नागरिकता विद्येयक चाडै अगाडी वढाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता – Madhesh Update

संसदमा अलपत्र रहेको नागरिकता विद्येयक चाडै अगाडी वढाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

   June 12, 2022  

प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या एक साताभित्र समाधान गरिने प्रतिवद्धता जनाएका छन् । नागरिकतालगायतका विषयमा ध्यानाकर्षण गराउन बालुवाटार पुगेका जनता समाजवादी पार्टी जसपाका सांसदहरुसँग प्रधानमन्त्री देउवाले सो प्रतिवद्धता जनाएका हुन् ।

जसपाका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले देशमा देखिएको नागरिकताको समस्याबारे ध्यानाकर्षण गराउन जाँदा प्रधानमन्त्री देउवाले सो समस्या एक साताभित्र समाधान हुने प्रतिवद्धता जनाएको बताए । आफूले नागरिकताको विषयमा पटक पटक सडकदेखि सदनसम्म कुरा उठाउँदै आएको भन्दै उनले यसपटक भेट्न जाँदा प्रधानमन्त्री देउवाले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने कुरा एक साताभित्र समाधान हुने प्रतिवद्धता जनाएको बताए ।

सयौँ नागरिकलाई अनागरिक बनाएर उनीहरुको रोकिएको उच्च शिक्षा, रोजगारी लगायतका अधिकारको प्रत्याभुति दिलाउन प्रधानमन्त्री देउवालाई आग्रह गरेको उनले बताए । यसअघि यही नागकिरतालगायतको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरुले पनि प्रधानमन्त्री देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।