भारत सरकारको अनुदान सहयोगमा सर्लाहीको रानीगञ्जमा विद्याँलय निर्माण सम्पन्न – Madhesh Update

भारत सरकारको अनुदान सहयोगमा सर्लाहीको रानीगञ्जमा विद्याँलय निर्माण सम्पन्न

   June 11, 2022  

भारत सरकारको सहयोगमा सर्लाहीको रानीगन्जमा फौद सिंह जनता माध्यमिक विद्यालयको दुई तल्ले भवनको निर्माण सम्पन्न भएको छ । शनिवार मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह तथा भारतीय महावाणिज्यदूत श्री नितेश कुमारले निर्माण सम्पन्न भएको बिद्यालयको संयुक्त रूपमा उद्घाटन गरेका छन ।

निर्माण गरिएका विधालय भवन शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रम अन्तर्गत निमार्ण गरिएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पदाधिकारी, रानीगञ्जका जनता लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

७.८३ मिलियन लागतमा निर्माण भएको उक्त परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने आजादी का अमृत महोत्सव अन्तर्गत नेपालमा यस वर्ष उद्घाटन गरिने परियोजनाहरू मध्ये एक हो। नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुुग्ने छ ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको अनुदान पन्ध्र वटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधा सहितको दुई तल्ले विद्यालय भवन निर्माणमा प्रयोग गरिएको हो ।

सन् २००३ देखि, भारतले नेपालमा ५२७ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू (एचआईसीडीपीहरू) लिएको छ र सातवटै प्रदेशहरूकै तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, पहुँच, सरसफाइ र अन्य सार्वजनिक सुविधाहरूको निर्माणको क्षेत्रमा ४७१ परियोजनाहरू पूरा गरेको छ। तीमध्ये २० आयोजनाहरू सर्लाही जिल्लामा छन् । यी बाहेक भारत सरकारले विभिन्न स्वास्थ्य चौकी,एनजीओहरुलाई ३१ वटा एम्बुलेन्स र सर्लाही जिल्लामा एउटा स्कुल बस उपहार दिएको छ ।