पार्टी अध्यक्षको एक्लौटी निर्णयका कारण पार्टीमा समस्या देखियो -इस्तियाक राइ – Madhesh Update

पार्टी अध्यक्षको एक्लौटी निर्णयका कारण पार्टीमा समस्या देखियो -इस्तियाक राइ

   June 9, 2022  

जनता समाजवादी पार्टी, नेपालका सांसद मोहम्मद इस्तियाक राइले अहिले पार्टीभित्र देखिएको विवाद अध्यक्ष उपेन्द्र यादवको एकलौटी निर्णयको बिरुद्ध भएको बताएका छन । राईले अध्यक्ष यादवले पार्टीलाई व्यक्तिगत रुपमा सञ्चालन गरेको र जसका कारण स्थानीय तहको निर्वाचनमा त्यसको असर समेत देखिएको आरोप लगाएका छन ।

बुधवार संसद परिसरमा पत्रकारहरु संग कुरा गर्दै उनले मन्त्री परिवर्तन बिषयमा पार्टीभित्र कुनै विवाद नभए पनि ६महिना मन्त्रीहरु परिवर्तन गर्ने कुरा अध्यक्ष यादवकै वचन रहेको स्मरण गराए । उनले आफुलाई मन्त्री बन्न कुनै इच्छा नभएकाले यस बिषयमा आफुलाई अनावश्यक रुपमा नमुछ्न पनि आग्रह गरे । ।

राईले सरकार गठन हुँदा अध्यक्ष उपेन्द्र यादवले संसदीय दल र केन्द्रीय कार्यकारीणी बैठकमा ६ महिनाका लागि मात्र मन्त्री बनाइएको र त्यसपछि नयाँ व्यक्तिलाई मन्त्रीपरिषद्मा पठाउने मौखिक रुपमा बताएको जानकारी दिए ।

उनले स्थानीय तहको निर्वाचनको समिक्षा गर्न पनि अध्यक्ष यादव तयार नभएको दावी गरे । त्यही भएर पार्टीमा समस्या देखिएको उनको जिकिर थियो । उहाले पार्टीलाई एक व्यक्तिको आधारमा नभएर सामूहिकतामा चलाउनुपर्नेमा आफुहरुको जोड रहेको राईको भनाई थियो ।