सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग कुरा भएको छैन-लक्ष्मणलाल कर्ण

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताएका हुन् । उनले प्रधानमन्त्री देउवाले पनि आफुहरुलाई मन्त्री हुन आउ नभएको स्पष्ट पारे ।
उनले भने– ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको । प्रधानमन्त्रीले हामीलाई मन्त्रीमा आउ भन्दै नभनेको कुरो तपाईहरु विस्तृत रुपमा प्रचार गरिराख्नुभएको छ ।’
सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो–बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकीकरणका लागि आव्हान गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष यादवले विगतमा आफुहरुलाई पार्टीबाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनले अहिले संकटमा परेकाले सहयोग खोजेको बताए । अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको उनले बताए । उनले भने– ‘बाटोमा उहाँ बोलिराख्नुभएको छ । हामीसँग कुनै कुरा गर्नुभएको छैन । हामी उहाँको पार्टी फुटिराख्दाखेरी एकीकरण गरेर जोगाएको होइन रु त्यसमा म समेत महन्थ ठाकुरलाई उहाँले निकालिदिएको होइन रु पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन रु अनि के को मेल ?’
सांसद कर्णले औपचारिक रुपमा एकीकरणको प्रस्ताव नआएको उल्लेख गर्दै के को लागि रु र किन एकिकरण गर्नुपर्ने हो रु भन्ने प्रश्न गरे । उनले प्रश्न गरे, ‘आज फेरि पार्टीमा संकट उत्पन्न भएको छ उहाँको । संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने । र संकट निवारण भएपछि लखेटिदिने । अनि अहिले आएर फेरि बाटो बाटोमा कुरा सुनिराखेको छु एकीकरणको । के को लागि एकिकरण ? किन एकीकरण ? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन ।’