जसपा अध्यक्ष उपेन्द्र यादव माथी स्थानिय निर्वाचनमा पैसा लिएर टिकट वितरण गरेको आरोप
समीक्षा बैठकमा यादव अगाडी नै कुटाकुट
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव माथी हालै सम्पन्न स्थानिय निर्वाचनमा पैसा लिएर टिकट वितरण गरेको आरोप पार्टी भित्रै वाट लागेको छ । यादवले मधेश प्रदेशका प्रमख सहरहरुको पैमुख र उपप्रमुखको टिकट वितरणमा एक्लौटी गरेको र पैसा दिनेलाई मात्रै उम्मेदवार बनाएको आरोप लागेको छ । केन्द्रमा पाच दलीय गठबन्धनमा रहेको जसपाले त्यही आधार देखाएर मधेशका प्रमुख सहरहरुमा जित्ने सम्भावना देखाउदै अध्यक्ष यादवले पैसा लिएर टिक दिएको पार्टी भित्रैवाट गुनासाहरु आएका छन ।
टिकट वितरणमा यादवले एक्लौटी गरेको पार्टीको केन्द्रमा बाबुराम भटराई, अशोक राई, महेन्द्र यादव, राजकिशोर यादव सहित ईस्तीयाक राई लगायतका नेताहरु असन्तुुष्ट बनेका छन । उनीहरुले यो विचमा लगागतार छुटै बैठक समेत गरिरहेको छ ।
जनकपुरमा यादवकै अगाडी कुटाकुट
जसपा अध्यक्ष यादवकै उपस्थितिमा धनुषा जिल्लाको समीक्षा बैठकमा मंगलवार स्थानिय नेताहरुले कुटाकुट गरेका छन् ।
जनकपुरधामसित जोडिएकै होटेल बाबाको ढावामा मंगलवार भएको समीक्षा बैठकमा संगठनको अवस्था बलियो रहे पनि चुनावमा भएको नराम्ररी पराजयको विषयमा नेताहरुले खुल्ला रुपमा आरोप लगाउन थालेपछि कुटाकुट भएको थियो । बैठकमा सहभागी एक जना सदस्यका अनुसार जसपा सबैला नगरपालिकाका अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको आरोप लगाएर सिटमा बसे लगतै यादव समर्थकहरुले कुटपिट गरेका थिए । बैठकमा अचानक कुटपिट गर्न थालेपछि आक्रोशित बनेका सहभागीहरुले यादव पक्षधरहरुलाई रामधुलाई दिएका थिए ।
जिल्लाका नगर र गाउँपालिकाका पदाधिकारीहरु र सिकिन्दर सिंह यादव, अवधकिसोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि आक्रमण गरेका थिए ।