मधेसमा १२ कक्षा सम्म पढने छात्रालाई ल्यापटप, ८ सम्मका लाई साईकल – Madhesh Update

मधेसमा १२ कक्षा सम्म पढने छात्रालाई ल्यापटप, ८ सम्मका लाई साईकल

   June 5, 2022  

(मधेश प्रदेश सरकारको निती तथा कार्यक्रम)

मधेस सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण गर्ने भएको छ । आइतबार प्रस्तुत गरिएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल र १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण उल्लेख गरिएको छ ।

प्रदेशसभा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “बेटी पढाऔँ”​ बेटी बचाऔँ” अभियान अन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छोरीलाई साइकल र कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका हुन् । आगामी आर्थिक वर्षदेखि साइकल किन्ने रकम सिधै विद्यालयमा पठाउने नीति लिइएको छ । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफैं खरीद गरेर विद्यालयलाई साइकल उपलब्ध गराउँदै आएको थियो ।

यस्तै नीति तथा कार्यक्रममा शिक्षालाई गुणस्तरीय बनाउन योगदान दिने २४ जना शिक्षकलाई प्रत्येक वर्ष मधेस शिक्षा पुरस्कारबाट सम्मान गर्ने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा टोल क्लिनिक सेवा सञ्चालन गरी स्थानीयस्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने, धनुषाको नगराइनमा सहिद दुर्गानन्द झाको नामबाट बाल अस्पताल स्थापना गर्ने, प्रदेश मुद्रण संचालन गर्नेजस्ता विषय समावेश गरिएको छ ।

मधेश प्रदेश सरकारका निती तथा कार्यक्रमका पुुर्ण पाठ

NITI-KARYAKRAM-2079_MADESH