लोसपाको आरोप- सरकारले स्थानीय तह चुनावमा निष्पक्षता कायम गर्न सकेन – Madhesh Update

लोसपाको आरोप- सरकारले स्थानीय तह चुनावमा निष्पक्षता कायम गर्न सकेन

   May 31, 2022  

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कामय गर्न नसकेको आरोव लगाएका छन ।

अध्यक्ष ठाकुरले मंगलवार एक विज्ञप्ति गर्दै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कायम गर्न नसकेको ठहर गर्दै विभिन्न स्थानहरुमा सत्ता गठबन्धनका घटक दलहरुले धाँधली र राज्य शक्तिको दुरुपयोग गरेको दावी गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘भविष्यको निर्वाचनको समयमा हुनसक्ने अलोकतान्त्रिक गतिविधि, धाँधली र शक्तिको दुरुपयोग विरुद्ध आम मतदाता, लोसपा पार्टी पक्ति, विशेष गरी निर्वाचन आयोग र सुरक्षा निकायहरुको थप सचेत र सजग रहन पार्टी सम्बद्ध सबैसँग आग्रह गर्दछ ।’

गत बैशाख ३० गते भएको स्थानिय निर्वाचनमा लोसपाले १६ स्थानिय तहमा प्रमुख जितेका छन । जस मध्ये १४ ओटा मधेश प्रदेशका स्थानिय तह छन ।