नागरिकता विद्येयक विरुद्धमा आज काग्रेस र जनमत पार्टीको विरोध प्रर्दशन
नागरिकता विद्येयकको विरुद्धमा तराई मधेशका जिल्लाहरुमा आज नेपाली काग्रेस र सिके राउत नेतृत्वको जनमत पार्टीले अलग अलग विरोध प्रर्दशन गरेका छन । मगलवार मात्रै जनता समाजवादी पार्टी नेपालले काठमाडौ सहित देशैभरी नागरिकता विद्येयकको विरुद्धमा प्रर्दशन गरेका थिए । नागरिकता विद्येयकको विरोधमा सुरु देखि जसपा संगै काग्रेस र जनमत पार्टी पनि विरोध गर्दै आइरहेका छन ।
वुधवार काग्रेसको नगर समितिले जनकपुरमा आयोजना गरेको विरोध जुलुश सहरभरी परिक्रमण गर्दै जनकचौकमा गएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै वक्ताहरुले नेकपा नेतृत्वको सरकारले नागरिकता ऐन संशोधन विधेयक ल्याएर मधेस र मधेसीको संस्कृतिकमाथि प्रहार गरी यसलाई मेटाउने प्रयास गरिरहेको आरोप लगाए । नेकपाको यस निर्णयले लैंगिक समानताको खिल्ली उडाएको भन्दै राज्य व्यवस्था समितिबाट विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने निर्णयप्रति उनीहरुले गम्भीर असहमति जनाएका छन् ।
जुलुस प्रदर्शनको क्रममा सहभागीहरुले ‘वैवाहिक अंगीकृत नागरिकताको ७ वर्षे प्रावधान खारेज गर, महिलामाथिको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन्, जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब वंशजको आधारमा नगरिकता दे, नागरिकता विधेयक बिखण्डनकारी हो,२०६३ को नागरिकता ऐन कायम गर, नागरिकलाई अनागरिक बनाईराख्नु असंवैधानिक हो, नेपाल नागरिकता ऐन २०६३ कै व्यवस्थालाई निरन्तरता देउ, नागरिकता विधेयक खारेजी गर, साम्प्रादिकता बन्द गर’ लगायतका नाराहरु लगाएका थिए ।
विरोध र्यालीमा संसदीय दलका नेता रामसरोज यादव, प्रदेशसभा सदस्य सरस्वती चौधरी, जिल्ला सभापति महेश शंकर गिरी, उपसभापति संतोष यादव सहितका नेताहरुले सम्बोधन गरेका थिए ।
यसैगरि नागरिकता विद्येयकको विरुद्धमा १० दिने आन्द्योलनको कार्यक्रम घोषणा गरेको जनमत पार्टीले आज सबै स्थानिय तहहरुमा विरोध प्रर्दशन गरेको जनाएको छ । जनमत पार्टीले नागरिकता विद्येयकको विरोधमा तराई मधेशमा घर घरमा कालो झण्डा समेत गाडने अभियान चलाएका थिए । सिके राउत नेतृत्वको यो पार्टीले भोली विहिवार भैसी जुलुस गर्ने जनाएको छ ।