जनकपुर स्थित जानकी मेडिकल कलेजको खाता रोक्न पत्र काटियो

जानकी मेडिकल कलेज रमदैयाको नाममा रहेको बैंकको खाता रोक्का गर्न श्रम तथा रोजगार कार्यालय धनुषाले पत्राचार गरिएको छ । श्रम तथा रोजगार कार्यालयले सो कलेजको नेपाल राष्ट्र बैंकमा रहेको खाता रोक्न आग्रह गरेको हो ।
निमित्त कार्यालय प्रमुख रामउदगार अधिकारीले पत्र लेख्दै कलेजको नाममा रहेको खाता रोक्का गरी श्रम अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिन आग्रह गरेको छ ।
सो कलेजले सन्तोषजनक जवाफ नदिएपछि कार्यालयले बैंक खाता रोक्का गर्न बैंकलाई आग्रह गरेको जनाइएको छ ।