कांग्रेस पुर्वउपसभापति निधिद्धारा जनकपुरमा हुने कांग्रेसको चुनावी सभा बहिष्कार गर्ने चेतावनी – Madhesh Update

कांग्रेस पुर्वउपसभापति निधिद्धारा जनकपुरमा हुने कांग्रेसको चुनावी सभा बहिष्कार गर्ने चेतावनी

   May 5, 2022  

जनकपुर उपमहानगरमा निधिद्धारा स्वतन्त्र उम्मेदवार वलराम महतो र निर्मल चौधरीको प्यानललाई अघोषीत समर्थन

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचीमा आपत्ति जनाउँदै जनकपुरमा हुने चुनावी सभा बहिष्कार गर्ने जनाएका छन्।

शीर्ष तहका नेताहरू देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरी परिचालन समितिले सार्वजनिक गरेको सूचीमा आफ्नो नामा नाम भएकाले पर्सि शनिबार २४ वैशाखमा धनुषामा हुने चुनावी सभा उनले बहिष्कार गर्ने भएका हुन्।

धनुषा कांग्रेस उपसभापति गणेश झाले भने, “पर्सि धनुषामा चुनावी सभा छ। विमलेन्द्र दाइ आउनुहुन्न। पार्टीले बनाएको नेताको लिष्टमा दाइको नाम नै छैन, फलानो फलानो लगायतका नेता लेखेर कहाँ हुन्छ ?”

परिचालन समितिले बनाएको सूचीमा सभामा सहभागी हुनेमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे, महेन्द्र यादवसहित भनिएको छ।

निधिले ‘लगायतका अन्य वक्ताहरू’ भन्ने शब्दावलीमा असन्तुष्टि जनाएका छन्। उपसभापति भइसकेको व्यक्ति निधिको पनि नाम उल्लेख हुनुपर्ने झाले बताए। “जिल्लाका अरू कार्यक्रममा उहाँ धनुषामै हुनुहुन्छ”, उनले भने, “अरू अरू कार्यक्रममा जानुहुन्छ। सभामा दाइ जानुहुन्न।”

नेताहरूकै गृह जिल्लामा समेत नाम उल्लेख नगरेकोमा आफूहरूको आपत्ति रहेको उनले बताए। चुनावी सभामा सहभागी हुने केन्द्रीय नेताहरूको सूची बनाउने क्रममा निधिसँग परिचालन समितिले कुनै छलफलसमेत नगरेको झाले दाबी गरे।

जनकपुरमा निधीको समर्थन कसलाई ?
जनकपुर निर्वाचन क्षेत्रकै स्थानिय नेता भएकाले काग्रेस पुर्वउपसभापति निधीले कसलाई समर्थन गर्छ भन्ने चासो जनकपुरमा देखिएको छ । निधी विहिवार जनकपुर पुुगेका छन । यद्यपी उनको अधिकांश कार्यक्रमहरु महोतरीमा अहिले राखिएको छ । जनकपुरमा काग्रेसल जसपासंग गठबन्धन गरेर उपमेयरमा मात्रै उम्मेदवारी दिएको छ । अघिल्लो निर्वाचनमा काग्रेसवाट मेयरका प्रत्यासी बनेका मनोज साह यो पटक स्वतन्त्र उम्मेदवारी दिएका छन ।

तर निधीले साह भन्द्या पनि अका स्वतन्त्र उम्मेदवार वलराम महतो पक्षमा आन्तरिक रुपमा लागेको स्रोतको दावी छ । काग्रेसले केन्द्रिय स्तरमा चुनावी गठबन्धन गर्ने निर्णय गरे पछि निधीले त्यसको विरोध सार्वजनिक रुपमै गरेका थिए । उनले गठबन्धनले मधेशमा काग्रेसको संगठन धरासायी बन्ने चेतावनी पनि दिएका थिए ।

त्यस यता मौन रहेका निधी विहिवार जनकपुर पुुगेका छन । जनकपुरमा चर्चा रहेका अनुसार निधीले आप छाप वाट मेयरमा स्वतन्त्र उम्मेदवार रहेका बलराम महतो र उपमेयरमा निर्मल चौधरीको साथ देखिएको छ । महतो र चौधरीको समुहले जनकपुरमा गठबन्धनलाई समेत कडा चुनौति दिईरहेको छ ।