मधेशमा निर्वाचन आचार संहिता विपरित प्रचार गर्नेको होड, प्रहरीद्धारा सप्तरीमा हटाइए चुनाव प्रचार सामग्री

३० बैशाखमा हुने स्थानिय तह निर्वाचन नजिकिदै जादा मधेशमा दलहरुमा उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारहरुले आ आफनो प्रचार प्रसारलाई तीव्र पारेका छन । प्रचार प्रसार तीव्र भए संगै निर्वाचन आयोगले जारी गरेको अचार संहितालाई पनि नेताहरुले ख्याल गर्न छाडेका छन ।
वुधवार सप्तरीका उम्मेदबारहरुले निर्वाचन आचारसंहितको उल्लंघन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ठहर गर्दै सार्वजनिक स्थानहरुमा टासेका पर्चा पम्पलेटहश्र प्रहरीको माध्यमवाट हटाउन लगाएका छन ।
उम्मेदबारहरुले निजी घर जग्गामा र सार्वजनिक भवन, पार्क तथा बाटोका पोलहरुमा दलको झण्डा, निर्वाचन चिन्हअंकित तुल, फ्ल्याक्स बोर्डहरु टाँसेर तथा झुण्डयाएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतसहित सबै पालिकाका निर्वाचन अधिकृतको बुधबार बसेको बैठकले आचारसंहिता विपरित टाँगिएका र झण्डयाइएका तुल, व्यानरलाई हटाउन उम्मेदवारसँग आग्रह गरेको छ ।
उम्मेदवारले उक्त प्रचार सामग्री नहटाए अनुगमन अधिकृतको रोहबरमा नेपाल तथा सशस्त्र प्रहरीले ती सामग्री हटाउने निर्णय भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए ।
बैठकले अब उप्रान्त सबै उम्मेदवार तथा नागरिक समाज, संघ–संस्थाहरुलाई आचारसंहिताको उल्लंघन नगर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
बैठकमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाल तथा सशस्त्र प्रहरीका अधिकारी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीसहितको सहभागिता थियो ।