वीरगञ्ज महानगरको मेयरमा ३० उम्मेदवार : दलका सात, स्वतन्त्र २३ उम्मेदवार – Madhesh Update

वीरगञ्ज महानगरको मेयरमा ३० उम्मेदवार : दलका सात, स्वतन्त्र २३ उम्मेदवार

   May 4, 2022  

वीरगञ्ज महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेकोमा राजनीतिक दलका सात र स्वतन्त्र २३ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको उम्मेदवारको सूचीअनुसार वीरगञ्ज महानगर प्रमुखमा बहुजन शक्ति पार्टीबाट लक्ष्मी हजरा, नेपाल सद्भावना पार्टीबाट विजयकुमार रौनियार, नेपाल मजदुर किसान पार्टीबाट गोकर्णप्रसाद कोइरी, जनता समाजवादी पार्टी नेपालबाट राजेशमान सिंह, जनमत पार्टीबाट दिनेश राम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरी र नेकपा एमालेबाट विजयकुमार सरावगी उम्मेदवार छन् । यीमध्ये जसपा नेपालका राजेशमान सिंहले सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

वीरगञ्ज महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनेमा राजेश सिंह, फरोज आलम, महम्मद अफिज मियाँ, भोला पटेल, म। ज्याउल हक हवारी, मो सगिर अली, रिजवान अली, विक्कीराज पटेल, म। रियाजुल हक, राजेन्द्र प्रसाद सिंह भूमिहार, संजीवकुमार यादव, राधेश्याम साह, अजयकुमार कुर्मी छन् ।

यसैगरी समसुदीन मियाँ, सत्रुधनप्रसाद कुर्मी, सुनिल कुमार कलवार, बृजमोहन प्रसाद चौरसिया, सुमितकुमार सिंह, कोशिलादेवी कनुईन, जमिल राय भाट, प्रभात सिंह, रोज मियाँ अन्सारी र कैलाश प्रसाद सर्राफले पनि प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।