महोत्तरीको ३ दर्जन भन्दा बढी गाउँ बाढीको जोखिममा – Madhesh Update

महोत्तरीको ३ दर्जन भन्दा बढी गाउँ बाढीको जोखिममा

   June 30, 2020  

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ५ डठौरा मुसहर वस्तीका राम एकवाल सदा वाढीले दिएको पिडा सुनाउँछन्,“बाढीले निरन्तर दुःख दिदै आएको छ । गाउकै मुखमा तटबन्ध टुट्छ र हामी सहित हाम्रो घर,अन्न,चौपाया सवै वगाएर लान्छ । आफुहरु जसो तसो ज्यान जोगाउछौ तर वाढीको प्रलयले हाम्रो ज्यानको अलावा सवै लिएर जान्छ ।

सरकारले हरेक वर्ष हाम्रो गाउँकै मुखमा रहेको उक्त तटबन्ध मर्मत गर्दछन् । सायद सोही मर्मत सम्भारमा हरेक वर्ष करोडौं रकम स्वाहा हुन्छ तर उक्त तटबन्धले बाढीको थोरै प्रभाव समेत थाम्न सक्दैनन् । साहवहरुले कसरी बनाउँछन् उहाँहरुलाई नै थाहा होला प्रतिप्रश्न गर्र्दै उनी भन्छन्– त्यही नदीबाट माटो निकालेर त्यही थुपारिदिदा त्यसले कति पानीको वेग सहला र ? वालुवामा पानी हाल्दा के हुन्छ ?” उनको वस्तीमा झण्डै १६२ जनाले बसोवास गर्दे आएका छन् । पहिलो चरणमा ६० परिवारको लागि जनताको आवास कार्यक्रम अन्तर्गत घर निर्माण भैरहेको देखाउँदै उनले बाढी आईदिए यो घर पनि वगाएर लाने जिकिर गर्दै तटबन्ध नामको लागि मात्र नभई आफुहरुको ज्यानको सुरक्षा हुने गरि निर्माण गरिदिन सरकारसँग आग्रह गर्छन् ।

गएको वर्ष वाढीले दिएको घाउ निको नहँुदै केहि दिनदेखि मौसमी वर्षाका कारण महोत्तरी फेरि पनि डुवानमा पर्ने हो कि भन्ने चिन्ताले स्थानीयलाई सताएको छ । झनै कोरोनाको त्रास अझै कम हुन सकेको छैन ।

हरेक वर्ष महोत्तरीका १५ वटै पालिकाले विभिन्न विकास निर्माणका काम गरेर करोडौ अर्वौ रुपया खर्च गरिसक्दा वाढीले सम्पन्न र सम्पन्न हुन लागेको योजनाहरु फेरि वाढीले वगाई दिने हो चिन्ताले स्थानीय झनै पिरोलिएका छन् । तटबन्ध निर्माणमै हरेक वर्ष करोडौको लगानी हुन्छ तर उक्त लगानीले समेत जनता सुरक्षित महसुस गर्न सकेका छैनन । तटबन्धहरु निर्माण हुन्छन् र फेरि बर्षामा भत्किने,उप्किने र विग्रिने गरेका पाइन्छ । तटबन्ध निर्माण,मर्मत हुने र टुट्ने क्रम निरन्तर जारी नै छ । थप लगानी गरेर तटबन्धलाई दिगो,टिकाउ र भरपर्दो बनाउन सक्ने परिपाटीको विकास हुन सकेको छैन् ।

हल्लका पानी पर्नासाथ वाढीको जोखिममा रहेका जनताहरु राती राम्ररी सुत्न पाएका हुँदैनन् । वाढीको संत्राशले उनीहरु निदाउन न सकेको हो । केहि स्थानमा बाँध निर्माण सम्पन्न भैसकेको छ । जनताको तटबन्ध अनुसार ती नदीबाट निकालिएको बालुवा मिश्रित माटोको तटबन्धले उक्त बाँध कतिको टिकाउ हुने हो स्थानीयले आशंका गर्दैछन् ।

पछिल्लो वर्ष वाढीले रातो,कुटमेश्वरी,जंगहा,मरहा लगायतका नदीहरुमा वगाएको बाँधहरुको अझै पूर्णरुपमा मरम्मत सम्भार र निर्माण कार्य पूरा हुन सकेको छैन । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं। २ महोत्तरीका प्रमुख राजेन्द्र देव भने झण्डै ६० देखि ७० प्रतिशत तटबन्धको कार्य सम्पन्न भैसकेको दावी गर्छन् । उनी तटबन्ध निर्माणकै लागि मांग भए बमोजिमको रकम नआएको वताउँदै पहिलो लटमा ९ करोड आएको र पछि करिव १५ करोड थप दिने आवश्वासन पछि आफु सोहि रकमको लागि काठमाडौं आएको वताउँदै तटबन्ध निर्माण र मर्मत वाढी भन्दा पहिले नै सक्ने आफ्नो लक्ष्य रहेको र सोहि अनुरुप कार्य भैरहेको दावी गरे । उनले वाहिरबाट माटो ल्याएर तटबन्ध निर्माण गर्दा आउने बजेटले नसक्ने भएकोले आफुहरुको इस्टिमेटमै नदीकै माटो प्रयोग गर्ने उल्लेख गरिएको प्रष्टायाए । उनले स्थान र पानीको चाप,वेग र उफानलाई हेरेर तटबन्धमा तारजाली समेत लगाइने गरिएको खुृलासा गरे ।

गत वर्ष असार २८ र २९ गते आएको वाढीमा महोत्तरीमा ८ जनाले ज्यान गुमााए भनेसो भन्दा अघिल्लो वाढीमा ९ जनाको बाढीले ज्यान लियो । गत वर्षकै वाढीमा तीन हजार ७५८ घर पुर्ण रुपमा क्षतिग्रस्त भयो भने नौ हजार ४७ घरमा आशिंक र छ हजार ७९८ घरमा सामान्य क्षति पुग्यो । तर वाढीले हरेक वर्ष यतिको क्षति पुर्याई रहँदा यस वर्ष पूर्व तयारी भने खासै देखिएको छैन् ।
महोत्तरी मात्र नभई देश र सिँगो विश्व नै कोरोनाको महामारीसँंग जुधिरहेको वेला सवैको ध्यान कोरोना रोकथाममै केन्द्रित छ । अझै वाढीको जोखिम आँकलन गर्न स्थानीय निकायहरुले चासो समेत लिएका छैनन । कोरोना भन्दा पनि विकास निर्माणको नाउँमा कागजमै कामकाज मिलानमा तल्लीन रहेका छन् ।स्थानीय निकायले वाढीको पूर्व तयारीमा ध्यान कहिले दिनेरु तटबन्ध यथासिघ्र निर्माण र मर्मतको लागि पहल कहिले गर्ने रु र अचानक वाढी आईहाल्यो भने स्थानीय,प्रदेश र केन्द्र सरकारको तयारी के रु जनताले अझै यसको जवाफ कहि कतैबाट पाउन सकेका छैनन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले समेत नदीबाटै निकालिएको बालुवा मिश्रित माटोले तटबन्ध मजबुत नहुने बताउँदै तटबन्ध थप मजवुत गर्न तारजाली लगायतको सपोर्ट समेत चाहिने बताए । उनले आफु हालै आएको र कोरोना नियन्त्रणमै अधिक समय खर्चनु परेपनि महोत्तरी वाढीको उच्च जोखिममा रहेको जिल्ला भएको आफुलाई अवगत रहेको र यसको लागि आफुले सवै कुराहरु बुझदै पूर्व तयारी तर्फ समेत अग्रसर भैरहेको दावी गरे ।

महोत्तरीमा मरहा,अंकुशी,रातो,विग्ही,हर्दी,ढोलन लगायतका साना र ठुला दर्जनभन्दा बढि नदीहरु छन्, जसको किनारमा रहेको करिब ४० भन्दा बढि गाँउमा बाढीको त्रासमा छन् । महेत्तरीको विभिन्न नदीको किनारमा रहेको औरही,हतिशर्वा,संग्रामपुर,भगवतिपुर,रौजा, बज्राही,जलेश्वर,बलबा, लगायत ४० भन्दा बढि गाँउ बाढीको जोखिममा रहेको बताइन्छ ।

यता महोत्तरीमा विपद व्यवस्थापनको लागि योजना अभाव,तटबन्ध निर्माणमा ढिलासुस्ती,तटबन्ध समेत वैज्ञानिक तरिकाले निर्माण नहुनु,पूर्व सुचना प्रणाली अभाव,उद्धार सामग्री अभाव र तालिम प्राप्त जनशक्ति समेतको अभावकै कारण क्षति हरेक वर्ष वढ्ने गरेकोमा यस्ता समस्या समाधानको लागि समेत सरोकारबाला निकायहरुको ध्यानाकर्षण आवश्यक छ । त्यस्तै गत वर्ष आएको वाढीमा हरेक पालिकामा ढुंगााकै समेत अभाव हुँदा रेस्क्युमा समेत समस्या आएकोले तत्काल तीनै तहको ध्यान यस तर्फ जानु आवश्यक रहेको जानकारहरु बताउँछन् ।

यता महोत्तरीमा नदी जन्य पदार्थहरु बालुवा गिट्टी आदिको वैद्य÷अवैध दोहन निरन्तर भैरहँदा र मापदण्ड विपरित उत्खनन जारी रहँदा नदीहरुको संरचना नै विग्रिने गरेको छ । यसले अचानक आउने वाढीले पानीको समान प्रवाह हुन नसकी कुनै एक वा निश्चित स्थलमा पानीको वेगले वढी हिट गर्ने, नदीको बहाव, नदीको कोण बदलाव र त्यसले निम्त्याएको अप्ठायारा परिस्थितिले जनजीवन निकै नै कष्टकर हुने गरेको पाइन्छ । र,त यसले तटबन्ध समेत प्रभावित हुने गरेको पछिल्लो वर्षहरुको वाढीको ताण्डबले देखाएको हो ।