स्थानीय चुनावसम्म जनकपुर विमानस्थलको सुरक्षा जिम्मा सेनालाई – Madhesh Update

स्थानीय चुनावसम्म जनकपुर विमानस्थलको सुरक्षा जिम्मा सेनालाई

   May 4, 2022  

स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनकपुर विमान स्थलको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। नेपाल प्रहरीले विमानस्थलको सुरक्षामा खट्दै आएकोमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरू निर्वाचनमा खटिएपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो । आइतबारदेखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएको छ।

विमानस्थल प्रमुख योगेन्द्र कुँवरले निर्वाचन अवधिभर सेनाले विमानस्थल सुरक्षा गर्ने जानकारी दिए। अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ जना विमानस्थलको सुरक्षामा खटिएका छन्। एक्सरे मेसिन तथा विमान स्थलमा बडी सर्चका लागि महिलाका लागि महिला प्रहरी र पुरुषका लागि पुरुष प्रहरी खटिएका छन्।

यस्तै भीआईपीहरूको लिस्टिङका लागि एक जना नेपाल प्रहरी खटिएका र बाँकी नेपाली सेना सुरक्षामा तैनाथ छन्।