सप्तरीको २ सय विघा धान खेत डुबानमा – Madhesh Update

सप्तरीको २ सय विघा धान खेत डुबानमा

   June 30, 2020  

सप्तरीमा रोपिएको करिब २ सय विघा धान खेतलाई अविरल वर्षाले डुबानमा पारेको छ ।

सप्तरीको दक्षिणी भेगको करिब २ सय विघामा रोपएको धान खेत लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीमा लगाइएको धानखेती डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले जानकारी दिए ।

सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । सो मध्ये ५९ हजार २५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको छ ।