रौतहटमा १८ पालिका प्रमुखको लागि ४१५ जनाको उम्मेदवारी दर्ता – Madhesh Update

रौतहटमा १८ पालिका प्रमुखको लागि ४१५ जनाको उम्मेदवारी दर्ता

   April 27, 2022  

रौतहटका १८ पालिका प्रमुखका लागि ४ सय १५ जनाले मनोनयन दर्ता गराएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रौतहटका १८ पालिका प्रमुखका लागि ४ सय १५ र उपप्रमुखका लागि १ सय ६८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । रौतहटको १६ नगरपालिका र २ गाउँपालिकाका गरी १८ स्थानीय तह छन् ।

यस्तै जिल्लामा १ सय ५७ वडाध्यक्षका लागि १ हजार २ सय ७७ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। यस्तै खुला सदस्यमा १ हजार ८ सय ७ जना , महिला सदस्यमा ८ सय ७१ जना र दलित सदस्यमा ८ सय ४७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए।