महोत्तरी भंगाहाका मेयरले बैंकमा लगाएको ताला सहमतिपछि खुल्यो – Madhesh Update

महोत्तरी भंगाहाका मेयरले बैंकमा लगाएको ताला सहमतिपछि खुल्यो

   April 21, 2022  

महोत्तरीको एक स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै जनप्रतिनिधिले बैंकमा लगाएको ताला खुलेको छ । भंगहा नगरपालिका मेयर सञ्जीव कुमार साहले विगत पाँच महिनादेखि नै भुक्तानी गरिएको सामाजिक सुरक्षा भत्ता वापतको रकम सेवाग्राहीलाई नदिएको भन्दै कुमारी बैंकमा तालाबन्दी गरेका थिए ।

भंगहा नगरपालिकाको कार्यालयबाट बैंकको खातामा जम्मा गरेको समाजिक सुरक्षा भत्ता पाँच महिनासम्म पनि वितरण नगर्दा भंगहा नरमा आफूविरुद्ध नै विभिन्न किसिमको अफवाह फैलिएपछि बाध्यतावश बैंकमा तालाबन्दी गरेको मेयर साहको भनाइ छ ।

कुमारी बैंक मधेश प्रदेशका प्रमुखसहितको टोलीसँग राति नै सामाजिक सुरक्षा अन्तर्गतको वृद्ध भत्ता र १५ महिनादेखि बैंकले रोकेर राखेको बालबालिकका लागि पोषण भत्ता समेत वितरण गर्ने सहमति भएको छ । यस्तै बैंकमा थप कर्मचारी राख्ने र डेस्क राख्ने तथा अनलाईनलाई व्यवस्थित गरेर सोमबारसम्ममा सम्पूर्ण भत्ताहरु वितरण गर्ने सहमति भएसँगै बैंकमा लगाइएको ताला खोलिएको मेयर साहले बताए ।

बैंकमा लगाइएको ताला खोलिएपछि बिहानदेखि सेवाग्राहीहरु बालबालिकालाई दिइने गरेको पोषण भत्ता र वृद्धवृद्धाले पाउने गरेको सुरक्षा भत्ताका लागि नयाँ खातासमेत खोल्नका लागि पुगेका थिए ।