जसपाद्धारा स्थानिय तह निर्वाचनका लागी को घोषणापत्र सार्वजनिक, यी हुन प्रमुख मुद्धाहरु – Madhesh Update

जसपाद्धारा स्थानिय तह निर्वाचनका लागी को घोषणापत्र सार्वजनिक, यी हुन प्रमुख मुद्धाहरु

   April 20, 2022  

जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै बाबुराम भट्टराई र उपेन्द्र यादवको नेतृत्वको जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । जसपाको घोषणापत्रमा उल्लेख प्रमुख मुद्धाहरु

सबै पालिकामा बसपार्क, नगर रेलको अध्ययन

जनता समाजवादी पार्टीले देशका सबै पालिकाहरूमा बसपार्क बनाउने घोषणा गरेको छ । त्यस्तै, सडकको गुणस्तर सुधार गर्ने र पालिकाहरूलाई केन्द्र वार्डसँग जोड्न सडक बनाउने घोषणापत्रमा उल्लेख छ। चक्रपथ, पालिका केन्द्र र वडाका केन्द्र जोड्ने सडकसँग गाउँ, बस्ती तथा टोल लिंक रोड बनाइने छ। पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरूलाई सडकसँग जोडिने छु, घोषणापत्रमा भनिएको छ, सडकहरूको गुणस्तर सुधार गर्दै लगिनेछ। सबै पालिकाहरूमा एक बसपार्क बनाइने छ। महानगरहरूमा नगर रेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने छ।

शौचालय बनाउन १० हजार

जनता समाजवादी पार्टीले आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रुपैयाँ अनुदान दिने घोषणापत्रमा उल्लेख गरेको छ। त्यस्तै, सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको २०० सम्मको खानेपानी बिल निस्शुल्क गरिने जनाएको छ।

सहर बजारमा हरियाली बस्ती, नदी किनाराको बस्ती सार्ने

जनता समाजवादी पार्टीले सहर बजार क्षेत्रमा हरियाली बस्ती विकास गर्ने जनाएको छ। मनोरञ्जन तथा सामाजिक क्रियाकलापका लागि पार्कहरू बनाइने छन्, यथेष्ट खुला ठाउँ राखिने छु, घोषणापत्रमा भनिएको छ, अव्यवस्थित बसोबास पहिरो, नदी किनार र जंगलको छेउमा भएमा अन्यन्त्र सार्न पहल गरिने छ। भूमिहीन किसानका साथै खेती गर्न चाहने किसानलाई खेतीयोग्य जमिनमा संलग्न गराउन जग्गा भाडामा लिई गरिने करार खेतीको अभ्यास सुरू गरिने छ।

मातृभाषामा शिक्षा

जसपाले घोषणापत्रमा आधारभूत तहमा मातृभाषामा शिक्षा प्राद गर्ने माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागू गर्ने जनाएको छ।त्यस्तै, घर र विद्यालयको दूरी १ घण्टाभन्दा बढी भएका विद्यार्थीहरूका लागि विद्यालय हाताभित्रै होस्टल निर्माण गर्ने जनाएको छ।

पर्यटक आकर्षित गर्ने होटल र रिसोर्टलाई ७५ प्रतिशत आयकर छुट

जनता समाजवादी पार्टीले पर्यटक आकर्षित गर्ने होटल तथा रिसोर्ट तथा अन्य सेवा प्रदान गर्ने उद्यमीलाई पहिलो ५ वर्षसम्म आयकरमा ७५.५ छुट दिइने घोषणा पनि गरेको छ।

टोल-टोलमा निस्शुल्क इन्टरनेट

जनता समाजवादी पार्टीले नगरका सबै वडा कार्यालय क्षेत्रमा, सबै स्कुलहरूमा र अस्पताल क्षेत्रमा निर्वाचनपछिको पहिलो वर्षमा नै इन्टरनेट निस्शुल्क गर्ने जनाएको छ। त्यस्तै, टोल-टोलमा क्रमशः इन्टरनेट सेवा निस्शुल्क उपलब्ध गराउने दाबी गरेको छ।

५० जनालाई विदेशमा तालिम

जनता समाजवादी पार्टीले काष्ठ तथा फर्निचर, टेक्सटाइल (साना तथा मझौला), इलेक्ट्रिकल–मेकानिकल सामग्री, कृषि तथा पशुपालन, वागवानी, सिमेन्ट, इँटा, साबुन, डिटर्जेण्ट, होटल–पार्टी प्यालेस स्थापना तथा सञ्चालन र पेट्रोल पम्प सञ्चालनजस्ता विषयहरूमा प्रत्येक वर्ष हरेक वडाका ५० जना गरेर नगरपालिकाका ५०० युवालाई रोजगारी एवं उत्पादनमूलक विषयगत तालिमको व्यवस्था गर्ने जनाएको छ। राम्रो उद्यम गर्ने ५० जनालाई विदेशमा गएर तालिम लिएर आउने व्यवस्था मिलाइने छु, घोषणापत्रमा भनिएको छ, रोजगार, स्वरोजगार तथा उद्यमशीलताको तालिममा गरिब परिवार, महिला तथा दलित समुदायलाई प्राथमिकता दिइने छ।

नगरपालिकादेखि वडा कार्यालयसम्म दैनिक बस सेवा

पार्टीले घोषणापत्रमा हरेक बिहान र बेलुका एक एक पटक सबै वडा कार्यालयबाट नगरपालिकाको कार्यालय आउन र जानका लागि निस्शुल्क नगर यातायात सेवा सञ्चालन गरिने जनाएको छ।

विद्यार्थीलाई बस भाडामा ५० प्रतिशत छुट, ६५ वर्ष माथिकालाई निस्शुल्क

जनता समाजवादी पार्टीले गर्भवती महिला, १० वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई एम्बुलेन्सलगायत नगरभित्र चल्ने सबै यातायात सेवामा निस्शुल्क गर्ने जनाएको छ।

त्यस्तै, नगरभित्रको यातायात सेवामा विद्यार्थीलाई ५०.५ छुट दिने व्यवस्था गरिने जनाएको छ।