सिरहामा ब्राउन सुगरसहित एक युवक पक्राउ – Madhesh Update

सिरहामा ब्राउन सुगरसहित एक युवक पक्राउ

   April 17, 2022  

प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय दिपेश रामलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले उनलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।