मधेश प्रदेशमा सत्तागठबन्धनको निष्कर्ष – एमाले जित्ने ठाउमा मात्रै तालमेल – Madhesh Update

मधेश प्रदेशमा सत्तागठबन्धनको निष्कर्ष – एमाले जित्ने ठाउमा मात्रै तालमेल

   April 16, 2022  

सतारुढ पाच दलीय सतागठबन्धन मधेश प्रदेशमा स्थानिय तह निर्वाचनमा एमाले जित्ते ठाउहरु पहिचान गरेर त्याहा मात्रै आपसी तालमेल गर्ने भएको छ । मधेश प्रदेशका सतागठबन्धनको मंगलवार बसेको बैठकमा आपसी प्रतिस्पर्धालाई स्वभाविक लोतान्त्रिक अभ्यासको रुपमा लिदै प्रतिपक्षी एमालेलाई मात्रै रोक्ने रणनिती अपनाउने निष्कर्ष निकालेका छन ।

मंगलबार महोत्तरीको बर्दिबासमा प्रदेश कार्यदलको बैठकमा यस्तो सहमति भएको जनता समाजवादी पार्टी (जसपा) का प्रदेश अध्यक्ष रामबाबु यादवले जानकारी दिए।

‘जहाँ सत्तारूढ दलहरू आफैं बलियो छ, आफैंभित्र प्रतिस्पर्धा छ त्यहाँ गठबन्धन हुँदैन। जहाँ विपक्षी दल बलियो छ त्यहाँ तालमेल गरेर जाने निर्णय भएको छ,’ उनले भने । उनका अनुसार तालमेलको निर्णय पालिकास्तरमा मात्र लागु हुनेछ।

‘वडामा गठबन्धन जरूरी छैन आअफ्ना हिसाबले लड्न पाउनेछ तर पालिकास्तरमा गठबन्धन भए प्रमुख र उपप्रमुखमा गठबन्धनलाई नै सबै दलले मत दिनुपर्ने सहमति भयो,’ उनले थपे।

गठबन्धन हुने पालिकामा प्रमुखमा जितेकै दलको दाबी रहने उनले जानकारी दिए । यद्यपि जसपा र लोसपाका पालिका प्रमुख भएको ठाउँमा जसपाको दाबेदारी हुने र नेकपा एकीकृत समाजवादी र एमाले जितेका ठाउँमा समाजवादीको दाबेदारी हुनेछ।

पालिकास्तरमा दलहरूको स्थितिबारे रिपोर्ट लिन प्रदेश कार्यदलले वैशाख ३ गतेसम्म जिल्ला–जिल्लामा पुग्ने कार्यक्रम राखेको छ ।

जिल्लहरुमा सतारुढ पाँच वटै दलका जिल्ला अध्यक्षहरूसँग छलफल गर्ने र गठबन्धनको आवश्यकता र मनसाय बुझ्ने कार्य हुने नेपाली कांग्रेसका प्रदेश कोषाध्यक्ष प्रदीप यादवले बताए।

उनका अनुसार प्रदेशस्तरको कार्यदल र सत्ता गठबन्धनका जिल्ला अध्यक्षहरूसँग कुन ठाउँमा गठबन्धन गर्ने/नगर्ने अन्तिम निर्णय गर्न वैशाख ४ र ५ गते बैठक बस्नेछ।

चार जिल्लाका एक दिन र चार जिल्लाको अर्को दिन बैठक बसेर आवश्यक स्थानमा गठबन्धनबारे अन्तिम निर्णय हुने कोषाध्यक्ष यादवले जानकारी दिए । यद्यपि उपमहानगरपालिका र महानगरपालिकामा गठबन्धनबारे केन्द्रले नै निर्णय गर्ने बताए ।