मधेश प्रदेशसभाद्धारा मधेश विश्वविद्यालय र कृषी विश्वविद्यालय स्थापना सम्बन्धी विद्येयक पारित – Madhesh Update

मधेश प्रदेशसभाद्धारा मधेश विश्वविद्यालय र कृषी विश्वविद्यालय स्थापना सम्बन्धी विद्येयक पारित

   April 16, 2022  

मधेस सरकारले दुईवटा अध्यादेशको प्रतिस्थापन गर्न ल्याएको विधेयक सर्वसम्मतिले पारित भएको छ । मंगलबार प्रदेशसभाबाट मधेश प्रदेश सरकारले ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयक सर्वसम्मतिले पारित भएको हो ।

प्रदेशसभा बैठकबाट दुवै अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सर्वसम्मतिले पास भएको सभामुख उपमा देवले सदनलाई जानकारी दिइन् । प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ लाई प्रतिस्थापन गर्न प्रदेशसभामा प्रदेश सरकारले विधेयक ल्याएको थियो ।

आठौँ अधिवेशन अन्त्य

मधेस सरकारको सिफारिसमा प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ । मंगलबार मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त पत्र सदनमा पढेर सुनाएका थिए । मधेस सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य गरिएको हो ।

आठौँ अधिवेशन मंसिर २९ गतेदेखि सुरु भएको थियो । यस चार महिनामा २० वटा बैठक भएको थियो । सो बैठकमा सरकारबाट तीनवटा विधेयक दर्ता भएको छ । र चारवटा विधेयक प्रदेशसभाबाट पारित भएको छ । भने एउटा विधेयक प्रमाणीकरण भयो ।

आठौँ अधिवेशनमा मंगलवारको दोस्रो बैठकबाहेक २८ घण्टा चलेको सभामुख यादवले सदनमा जानकारी गराएका थिए ।