बर्दिबासमा जसपाको चुनावलक्षित बैठक – Madhesh Update

बर्दिबासमा जसपाको चुनावलक्षित बैठक

   April 16, 2022  

स्थानीय तह निर्वाचनलक्षित रणनीति बनाउने उद्देश्यले जसपा नेपालको मधेश प्रदेश कमिटीको बैठक सोमबार बसेको छ। महोत्तरीको बर्दिबासमा बैठक बसेको हो। बैठकमा सहभागी पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवका अनुसार बैठकमा सदस्यहरूले निर्वाचनबारे आआफ्नो तहहरूको रिपोर्टिङ गरेका छन्।

बैठकले सबै प्रदेश कमिटी सदस्यहरुले स्थानीय तह निर्वाचनमा परिचालन गर्नुका साथै आ आफ्नो प्रचारप्रसारदेखि घोषणापत्रसम्म छलफल भएका उनले जानकारी दिए। निर्वाचन नजिकिएसँगै जसपाका शीर्ष नेताहरू मधेशप्रदेशकेन्द्रित भएका छन्।

पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेशस्तरमा आफ्नो पार्टी पंक्ति कसरी परिचालन गर्ने भन्नेबारे रणनीति बनाउन बैठक बसेको जानकारी दिए।