मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख घुस रकमसहित पक्राउ – Madhesh Update

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख घुस रकमसहित पक्राउ

   April 16, 2022  

भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो ।

झाले जग्गा सम्बन्धी हक साफी मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग पाँच लाख मागेको सूचना एवं उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले घस रकमसहित भानुचोक जनकपुरबाट सोमबार बिहान ८ः१५ मा नियन्त्रणमा लिएको जनाएको छ ।

उनलाई पक्राउ गरेर अख्तियारले अनुसन्धान थालेको छ ।