रौतहटको माधव नारायणमा गजेन्द्र स्मृति अस्पताल संचालनमा, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन – Madhesh Update

रौतहटको माधव नारायणमा गजेन्द्र स्मृति अस्पताल संचालनमा, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

   April 16, 2022  

राष्ट्रपति विद्यादेवि भण्डारीले रौतहटको मध्यभाग माधव नारायण-३ स्थित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गरेकी छन् । स्वर्गीय गजेन्द्र नारायण सिंहको ९७ औं जन्म जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले चन्द्रनिगाहापुरको जयनगरमा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आइतबार उद्घाटन गरेकी हुन ।

अस्पतालको उद्घाटनसँगै क्यान्सर रोगबाट ग्रसित प्रदेश सांसद तथा पूर्वमन्त्री डाक्टर डिम्पल कुमारी झाको सपना साकार भएको छ । लोसपा नेता तथा उक्त क्षेत्रका प्रतिनिधीसभा सासद अनिल झाको पहलमा यो अस्पताल संचालनमा आएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन, किसान आन्दोलनको अग्रणी भूमिका खेल्ने स्वर्गीय गजेन्द्र नारायण सिंहको नाममा अस्पताल निर्माण गर्नु सराहनीय काम भएको बताइन् । सामाजिक न्यायका लागि योगदान, आफ्नो जीवनमा देश र जनताको सेवामा पुर्याएको योगदानको कदर स्वरुप उनको नाममा अस्पताल निर्माण हुनु सराहनीय काम भएको उनले बताइन् । मुलुकको स्वाधीनता र स्वतन्त्रताका लागि स्वर्गीय सिंहले संवैधानिक नैतिक र अहिंसक जागरणबाट जनजनमा चेतना पुर्याएको राष्ट्रपति भण्डारीले सम्झना गरिन् ।

उनले बालबालिकाको लागि पौष्टिक आहारको व्यवस्था, बोक्सी प्रथालाई जरैदेखि उखेल्नु गर्न तीनवटै सरकारले भुमिका खेल्नुपर्ने आवश्यकता औंल्याइन् ।