विरगंजमा गाडीको डिकीभित्रबाट ३० केजी गाँजा बरामद – Madhesh Update

विरगंजमा गाडीको डिकीभित्रबाट ३० केजी गाँजा बरामद

   April 1, 2022  

सशस्त्र प्रहरीले गाडीको डिकीभित्र लुकाएर लैजाँदै गरेको लागु औषध ३० केजी गाँजा बरामद गरेको छ ।

पर्साको वीरगञ्‍ज महानगरपालिका २० स्थित हर्पतगञ्‍ज सडकखण्डमा मजकुर सशस्त्र प्रहरी बल, नेपाल २ छिन्‍नमस्ता बाहिनी मुख्‍यालय महोत्तरीबाट खटिएको टोलीले बिहीबार राति ९ः ४५ बजे उक्त लागुऔषध गाँजा नम्बरप्लेट नभएको गाडिको डिकीबाट बरामद गरेको हो ।

टाटा इन्डिका गाडिको डिकीभित्र १६ केजी र १४ केजीको दुईवटा रातो प्लाष्टिकमा बेरिएको अवस्थामा गाजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।