जसपा धनुुषाका युवा नेता नवीनकुुमार यादव लेनदेन मुद्दामा जेल चलान – Madhesh Update

जसपा धनुुषाका युवा नेता नवीनकुुमार यादव लेनदेन मुद्दामा जेल चलान

   March 31, 2022  

सत्तारुढ जनता समाजवादी पार्टीका युवा नेता नविनकुमार यादवलाई धनुषा अदालतले जेल चलान गरेको छ । जसपा धनुषाका स्थानीय युवा नेता यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा जेल चलान गरिएको हो ।

एक वर्ष कैद वा ५ लाख रुपैयाँ बिगोसहित माग गर्दै लेनदेनमा धनुषा जिल्ला अदालतमा मुद्दा परेपछि यादव केही दिनअघि पक्राउ परेका थिए ।

बिगोसहित रकम यादवले नतिरेपछि धनुषा अदालतले एक वर्षका लागि जेल चलान गर्ने फैसला सुनाएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।