पार्टी प्रशिक्षण पछि लोसपाले बोलायो केन्द्रिय कार्यकारणी समिति बैठक – Madhesh Update

पार्टी प्रशिक्षण पछि लोसपाले बोलायो केन्द्रिय कार्यकारणी समिति बैठक

   March 27, 2022  

मधेश र लुम्बिनी प्रदेशको चार ओटा पार्टी प्रशिक्षण कार्यक्रम गरे पछि लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले केन्द्रिय कार्यकारणी समिति बैठक बोलाएको छ । आउदो १६ गते बोलाएको कार्यकारणी समिति पार्टी कार्यलय बबरमहल काठमाडौमा बस्ने छ ।

स्थानिय तह निर्वाचन केन्द्रित पार्टी प्रशिक्षण गरेबो लोसपाले कार्यकारणी समितिवाट निर्वाचन केन्द्रित पार्टी रणनितीहरु बनाउन लागेका छन ।

त्यसको साथै बैठकमा संघीय सरकारमा सहभागीताको विषयमा पनि छलफल हुने जनाएको छ । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने कार्यकारिणी समितिका एक सदस्यले बताए ।

प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि यसवारेमा छलफल हुन लागेको हो । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउनुपर्ने बताएका छन् ।