नेपालको मधेस प्रदेश र भारतको बिहार प्रदेशबिच पर्यटन प्रवद्वर्न सम्बन्धमा छलफल – Madhesh Update

नेपालको मधेस प्रदेश र भारतको बिहार प्रदेशबिच पर्यटन प्रवद्वर्न सम्बन्धमा छलफल

   March 23, 2022  

भारतको बिहार र नेपालको मधेश प्रदेशको विचमा आपसी पर्यटन प्रवद्धन वारेमा छलफल भएको छ । विरगंज स्थित भारतीय महावाणिज्यदुतावासले मंगलवार विरगंजमा गरेको छलफलमा नेपालको मधेश प्रदेश र भारतको बिहार प्रदेशको विचमा सम्भाव्य रहेको पर्यटन प्रवद्वर्न वारेमा छलफल भएको छ ।

भारत सरकारले मनाईरहेका आजादी का अमृत महोत्सव कार्यक्रम अन्तरगत, वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावास द्वारा आयोजित कार्यक्रममा द्विपक्षीय पर्यटन प्रवद्र्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू र तीनको सम्भावित समाधानका उपायह वारेमा छलफल भएका थिए ।

कार्यक्रम सरकारी तथा निजी निकायहरूबीचको सम्पर्क कायम गर्ने उद्देश्यले आयोजना गरिएको महावाणिज्यदुतावासले जनाएको छ ।

कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघ्न महतो सहित पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआइडी पर्साका प्रमुखहरु सहभागी थिए भने भारतको तर्फवाट पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट सहभागी थिए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधिहरु पनि कार्यक्रममा सहभागी भएको थियो ।

छलफलमा भारत र नेपालका तर्फबाट सहभागीहरुले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धलाई विस्तृत जानकारी दिइएको थियो भने भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किट वारेमा छलफल भएको थियो ।

मधेस प्रदेश र बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धनमा ध्यान केन्द्रित गरेर पर्यटन रणनिती बनाउन पनि कार्यक्रममा कुरा उठेको थियो । वक्ताहरुले सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने, नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार हुनुपर्ने लगायतका बिषयहरु उठाएका थिए ।