भारतीय हास्य कलाकार राजपाल यादव १२ चैतमा सर्लाही आउँदै – Madhesh Update

भारतीय हास्य कलाकार राजपाल यादव १२ चैतमा सर्लाही आउँदै

   March 23, 2022  

भारतका चर्चित हास्य कलाकार राजपाल यादव नेपाल आउने भएका छन्। सर्लाहीको मलंगवामा १२ चैतमा हुने गोपाल सेवा समितिको ९ औँ राष्ट्रिय महाधिवेशनमा उनी आउन लागेका आयोजकले जानकारी दिएको छ।

मलंगवा नगरपालिका वडा न २ स्थित कभर्ड हलमा हुन लागेको महाधिवेशनमा उनलाई प्रमुख अतिथि बनाएर ल्याउन लागिएको समितिका राष्ट्रिय अध्यक्ष कौशल यादवले जानकारी दिए। राजपाल मलंगवामा आउने भएपछि उनलाई प्रत्यक्ष रूपमा हेर्न जिल्लावासी उत्साहित भएका छन्।

गोपाल सेवा समितिका अध्यक्ष कौशल यादवले महाधिवेशनमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन्। जिल्लामै पहिलो पटक भारतीय फिल्म कुनै स्टार पहिलो पटक आउन लागेका उनले बताए।