पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु – Madhesh Update

पर्सामा टेम्पो दुर्घटना, चालकको मृत्यु

   March 20, 2022  

पर्साको ठोरी गाउँपालिका–३ मा आइतबार बिहान टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । ​टेम्पोमा सवार अन्य २ जना सामान्य घाइते भएका छन् । पर्साको ठोरी गाँउपालिका–४ का अन्दाजी ३५ बर्षीय वीर बहादुर विश्वकर्माको मृत्यु भएको हो ।

घाइते भएका ठोरी गाउँपालिका–३ का खेल बहादुर विश्वकर्मा र बिजय सुनारलाई उपचारको लागी स्थानीय मेडिकल पठाइएको छ ।

रामनगरबाट विजयबस्ती तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ह ६२८ नम्बरको टेम्पो आइतबार बिहान साढे ३ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।