नेपाल ईन्जिनियर्स एसोसिएसन मधेश प्रदेशको अध्यक्षमा गौरी पण्डित निर्वाचित – Madhesh Update

नेपाल ईन्जिनियर्स एसोसिएसन मधेश प्रदेशको अध्यक्षमा गौरी पण्डित निर्वाचित

   March 18, 2022  

नेपाल ईन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा काँग्रेस निकट सिडेनका बागी उम्मेदवार गौरी पण्डित निर्वाचित भएका छन् । पण्डित ४०३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी सिडेनकै रामकिशोर यादव भने ५२ मत अन्तरले पराजित भएका छन् । उनले ३५१ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा एकीकृत प्रगतिशील इन्जिनियर समूहका उम्मेदवार कार्तिकेश झा निर्वाचित भएका छन् । उनी ३२४ मत ल्याएर निर्वाचित भएका छन् । सचिव पदमा सोही समूहबाट रामनारायण यादव निर्वाचित भएका छन् । उनले ३७५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

उता, जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट अध्यक्ष पदका आकांक्षी राजेश यादवले १७१ मत प्राप्त गरेका छन् भने अर्का आकांक्षी दीपेन्द्रकुमार साहले २३७ र इन्द्रभूषण झाले ८१ मत प्राप्त गरेका छन् ।

सहसचिवमा काँग्रेस निकट सिडेन समूहबाट रामेश्वर यादव ४२६ मत ल्याएर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा नन् पोलिटिकल समूहका तेजनारायण यादव निर्वाचित भएका छन् । उनी ४३० मत ल्याएर निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यहरूमा नेहा कर्णले (४९०) छितेशकुमार यादव (४२८) अंचली ठाकुर (३९६) प्रवीणकुमार यादव (३८३) रवीकुमार साहले (३६७), प्रियांसुकुमार गुप्ता (३६०) सुमी मिश्रा (३५२) रीताकुमारी यादव (३५२) दीपककुमार मण्डल (३४०) र बिनिताकुमारी यादव (३४०) निर्वाचित भएको समितिले जनाएको छ ।

प्रदेशबाट केन्द्रीय सदस्यमा एकीकृत प्रगतिशील इन्जिनियर समूहबाट सञ्जयकुमार यादव (४२१) निर्वाचित भएका छन् ।