उपेन्द्र यादवको कार्यकारी अधिकारमा अंकुश लगाउदै सकियो जसपा बैठक, विवाद मथ्थर – Madhesh Update

उपेन्द्र यादवको कार्यकारी अधिकारमा अंकुश लगाउदै सकियो जसपा बैठक, विवाद मथ्थर

   March 14, 2022  

पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यकारी अधिकारमा बाडफाड गर्ने निर्णय गरेर जसपा केन्द्रिय समितिले पार्टी भित्र रहेको विवाद मथ्थर पारेको छ । सोमवार सकिएको जसपा नेपालको केन्द्रिय समिति बैठकले शिर्ष तीन नेताहरुको मुख्यालय बनाउने निर्णय गरेको छ । पार्टीवाट तत्काल गर्नु पर्ने निर्णयहरुको सन्दर्भमा अध्यक्ष उपेन्द्र यादव, संघिय परिषद अध्यक्ष बाबुराम भटराई र वरिष्ठ नेता अशोक राईलाइ उक्त अधिकार दिदै मुख्यालय गठन गरेको छ । यस अघि यो अधिकार अध्यक्ष यादव संग मात्र थियो । साथै स्थानिय तह निर्वाचनमा पार्टीको तर्फवाट अधिकारित उम्मेदवारहरुको मनोयन पत्रमा वरिष्ठ नेता राईको हस्ताक्षर अधिकारिक हुने पनि निर्णय गरेको छ । जसपाको यो निर्णय पछि अव निर्वाचन आयोगमा पार्टीको तर्फवाट राईको हस्ताक्षर मान्य हुने भएको छ ।

जसपामा पछिल्लो केहि समय यता पार्टीको कार्यकारी अधिकारलाई लिएर विवाद देखिदै आएको थियो । तर कार्यकारणी समिति बैठक देखि संघिय परिषद बैठक र केन्द्रि समिति बैठक गरेर जसपाले पार्टी भित्रको विवाद मथ्थर पारेको छ । शनिवार जसपाले संघिय परिषद बैठक गरेका थिए ।

आइतवार र सोमवार गरि दिन सम्म चलेको जसपाको केन्द्रिय समिति बैठकमा चार ओटा एजेन्डा प्रस्तुत गरिएको थियो । जसपा नेता सुरेश मंडलका अनुसार केन्द्रिय सदस्यहरुलाई पार्टीले सबै स्थानिय तहहरुमा निर्वाचन अभियन्ता बनाएर खटाउने निर्णय पनि गरेको छ । मंडलले केन्द्रिय सदस्यहरुको नेतृत्वमा जसपाले स्थानिय तहहरुमा निर्वाचन प्रचार प्रसार देखि रणनिती अव बनाउने छन । केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले आफुहरुलाइ अधिकार विहिन बनाएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।

केन्द्रिय सदस्यहरुको आलोचना पछि सोमवार जसपाले बैशाखमा हुने स्थानिय तह निर्वाचनमा उनीहरुलाइ स्थानिय तहहरुमा खटाउने निर्णय गरेको छ । यसको साथै जसपाले निर्वाचनका लागी पार्टीको निर्देशिका पनि पारित गरेको छ । हिसिला यमी, नवराज सुवेदी र मनिष सुमन सम्मिलीत तीन सदस्यीय समितिले बनाएको जसपाको स्थानिय तह निर्वाचन सम्बन्धी निर्देशिका केन्द्रिय समिति बैठकले पारित गरेको छ । यो निर्देशिकाले जसपाले निर्वाचनमा तय गर्ने उम्मेदवारहरुको मापढण्ड बनाएको छ ।

साथै बैठकले जसपाको विद्यान अधिवेशन आउदो असार १ र २ गते काठमाडौमा गर्ने पनि निर्णय गरेको छ ।