मधेश आन्दोलनका मुद्धा सम्बोधन गर्नेगरि सरकार—लोसपा विच तीन सदस्यीय कार्यदल गठन – Madhesh Update

मधेश आन्दोलनका मुद्धा सम्बोधन गर्नेगरि सरकार—लोसपा विच तीन सदस्यीय कार्यदल गठन

   March 14, 2022  

सत्तागठबन्धनको विचमा चुनावी तालमेलको आन्तरिक गृहकार्य चलीरहेको बताइरहदा प्रधानमन्त्री शेरबहादुर देउवा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल संग सहकार्यको गृहकार्य अघि वढाएको छ । गत शनिवार साझ प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर सहित उक्त पार्टीका वरिष्ठ नेताहरु शरदसिह भण्डारी र राजेन्द्र महतो सहित अनिल झा र सर्वेन्द्रनाथ सुक्ला संग छलफल गरेका थिए । लोसपा स्रोतका अनुसार उक्त छलफलमा सरकारले लोसपाले उठाएको मुद्धा सम्बोधन गर्ने गरि संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाको तर्फवाट नेता सुक्ला सहित लक्ष्मणलाल कर्ण सम्मीलित तीन सदस्यीय कार्यदल बनाएको छ ।

प्रधानमन्त्रीको तर्फवाट सन्चारमन्त्री र लोसपाको तर्फवाट नेताहरु सुक्ला र कर्ण रहेको कार्यदलले लोसपाले यस अघि देखि नै उठाउदै आएको मुद्धाहरु सम्बोधन कसरी गर्ने भन्ने गृहकार्य गर्ने भनिएको छ ।

कार्यदल सदस्य कर्णले संचारमन्त्री भैरहवा गएकाले आफुहरुको बैठक हुन नसकेको बताए । ‘संचारमन्त्री आज साझ काठमाडौ फर्केने बताइर्एको छ, भोली मंगलवार हामी बस्ने कुरा छ’ कर्णले भने, ‘हामीले आफनो मुद्धा सम्बोधनकै लागी यो सरकारलाई पनि समर्थन गरेकै हो, त्यही भएर मुद्धा सम्बोधनका लागी हामीले गृहकार्य थाल्न लागेका छौ ।’
कर्णका अनुसार मधेश आन्दोलनताका मुद्धा फिर्ता, संविधान संशोधन र नागरिकत्ता विद्येयकमा लोसपाले उठाएको कुराहरु सम्बोधन गराउने गरि सरकारसंग कुरा अगाडी वढन लागेको छ । ‘अहिले नै धेरै कुरा भन्न सकिन्न’ कर्णले भने, ‘तर मुद्धा सम्बोधनका लागी सरकार र लोसपा विचको पहल अगाडी वढेको छ ।’

सरकारले नागरिकता विद्येयक अगाडी वढाउने गृहकार्य गरिरह्दा लोसपासंगको संवाद अघि वढेको छ । अघिल्लो हप्ता मात्रै गृहमन्त्री बालकृष्ण खांणले संसदमा रहेका सबै दलका प्रमुख सचेतकहरु संग नागरिकता विद्येयक वारेमा छलफल गरेका थिए । गृहमन्त्री संगको छलफलमा लोसपावाट सहभागी भएका नेता कर्णले नागरिक विद्येयकमा आफुहरुमो कुरा सम्बोधन नभए आन्दोलनको चेतावनी दिएको थियो ।

त्यस पछि गत शनिवार प्रधानमन्त्री स्वयंमको पहलमा लोसपाको शिर्ष नेताहरु संग वालुवाटारमा लामो संवाद भएको लोसपाका एक नेताले नेपालभ्युजलाई बताएका छन । गत २९ असारमा प्रधानमन्त्रीको सपथ लिएर प्रतिनिधीसभामा विश्वासको मत लिने वेलामा लोसपाले देउवालाई समर्थन गरेको थियो । विश्वासको मत लिने दिनेको अन्तिम समयमा लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ती निकालेर प्रधानमन्त्री देउवाले आफुहरुको मुद्धा सम्बोधन गर्ने आश्वासन दिएकाले समर्थन गर्ने निर्णय गरेको बताएका थिए ।

त्यस अघि जसपा एक रह्दा महन्थ ठाकुर पक्षले तात्कालिन एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रह्दा उनी संग पनि सहकार्य गर्दा यसरी नै गुुपचुप रुपमा कार्यदल बनाएका थिए । उक्त कार्यदल गठनलाई लिएर जसपामा विवाद नै भएको थियो र पछि पार्टी सम्म फुटयो । उक्त कार्यदलमा पनि ठाकुरले कर्ण र सुक्लालाई नै राखेका थिए । ओलीको तर्फवाट तात्कालिन अर्थमन्त्री विष्णु पोडेल र एमाले नेता सुभाष नेम्बाङ थिए । त्यही कार्यदलको गृहकार्य पश्चात मधेश आन्दोलनका केहि मुद्धाहरु फिर्ता समेत भएको थियो । मुद्धा फिर्ता पछि ठाकुर पक्ष सरकार मै सहभागी भएका थिए ।

अहिले पनि लोसपा कतै सरकारमा सहभागी हुने त होईन भन्ने आशांका जन्मिएको छ । गत शनिवार प्रधानमन्त्री देउवा संगको छलफलमा यो विषयमा कुरा भएको हो वा होइन त्यो भन्ने खुल्न सकेको छैन । तर लोसपा नेता कर्णले सरकारले आफुहरुले उठाएको मुद्धा सम्बोधनमा साकारात्मक भए संगै सहकार्य गर्न पनि आफुहरुलाइ कुनै अप्ठायारो नरहेको बताए । ‘हामी मुद्धा सम्बोधनलाई जहिले पनि प्राथमिकतामा राखेका छौ’ कर्णले भने, ‘हिजो पनि हामी ओलीसंग मुद्धा सम्बोधनकै आधारमा सहकार्य गर्ने कुरा गर्यो र आज पनि प्रधानमन्त्री देउवासंग हाम्रो त्यही कुरा छ ।’