जसपा नेपालको केन्द्रिय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादव विरुद्ध आक्रोशित केन्द्रिय सदस्यहरु – Madhesh Update

जसपा नेपालको केन्द्रिय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादव विरुद्ध आक्रोशित केन्द्रिय सदस्यहरु

   March 13, 2022  

जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समिति बैठक आइतवार काठमाडौमा सुुरु भएको छ । सोमवार सम्म चल्ने जसपा नेपालको यो केन्द्रिय समिति बैठकमा चार ओटा एजेन्डाहरु प्रस्तुत गरिएको छ । जसपा नेपालले स्थानिय तह निर्वाचनका लागी तयार पारेको निर्देशिका सहित स्थानिय तह निर्वाचनमा पार्टी परिचालन, समसमायीक राजनिती र संगठन सम्बन्धी गरि चार ओटा एजेन्डाहरु बैठकमा प्रस्तुत गरेको छ ।

उक्त चार ओटै एजेन्डाहरु माथी केन्द्रिय सदस्यहरु आइतवार देखि धारणा राख्ने क्रम सुुरु भएको छ ।

आइतवार धारणा राख्ने क्रममा अधिकांश केन्द्रिय सदस्यहरु पार्टी नेतृत्वको तीव्र आलोचना गरेका छन । एक केन्द्रिय सदस्यका अनुुसार पार्टी संगठनका लागी काम गर्ने भन्दा पैसाको प्रभावमा पार्टी नेतृत्वले निर्वाचनमा उम्मेदवारी बनाउने गरेको आरोप लगाएका छन । अघिल्लो निर्वाचनको उदाहरण दिदै केन्द्रिय सदस्यहरुले आसन्न स्थानिय तह देखि प्रदेश र संघिय निर्वाचनमा पुन पार्टी नेतृत्वले स)गठनमा काम गर्ने भन्दा पैसाका आडमा पार्टी नेतृत्वले टिकट बेच्ने आशंका गरेका छन ।

विरगंज महानगरका मेयर विजय सरागवी हालै एमाले प्रवेश गरेको उदाह्रण दिदै केन्द्रिय सदस्यहरुले अघिल्लो निर्वाचनमा सरागवीलाई कुन आधारमा पार्टीले टिकट दिएको भन्दै त्यसको जवाफ अध्यक्ष उपेन्द्र यादवसंग माग गरेका छन । यादव माथी पैसा लिएर सरागवीलाई त्यती वेला विरगंजको मेयरको टिकट दिएको आरोप आजको केन्द्रिय समिति बैठकमा लागेको छ ।

अघिल्लो निर्वाचनमा उपेन्द्र यादवले सरागवीलाई निर्वाचनको पुर्वसन्धयामा पार्टी प्रवेश गराएर मेयरका टिकट दिएका थिए । सरागवी यही शनिवार एमाले प्रवेश गरेका थिए ।