स्थानिय तह निर्वाचन केन्द्रित रणनिती बनाउन पार्टी बैठकमा जसपा नेपाल
बैशाखमा हुने स्थानिय तह निर्वाचनका लागी पार्टीको रणनिती बनाउन जनता समाजवादी पार्टी नेपाल पार्टीमा वृहत छलफल सुुरु गरेको छ । जसपा नेपाल बने पछि पहिलो पटक शनिवार यो पार्टीले संघिय परिषद बैठक गरेको छ भने आइतवार र सोमवार केन्द्रिय समिति बैठक गर्दै छ । यस अघि गत १३ गते जसपाले लागातार कार्यकारणी समिति बैठक जसपाले गर्दै आएको छ । कार्यकारणी समितिले स्थानिय तहमा उम्मेदवार चयन देखि अन्य रणनिती बनाउने गरि घिय परिषद देखि केन्द्रिय समिति सम्मको एजेन्डाहरु तय गरेको छ ।
उक्त एजेन्डाहरुमा संघिय परिषदमा शनिवार छलफल भएको छ भने आइतवार र सोमवार केन्द्रिय समितिमा छलफल हुने छन ।
जसपाले महानगरपालिकाको उम्मेदवारको तय केन्द्रले गर्ने र अन्य पालिका तथा वडाका लागि स्थानीय कमिटीबाटै सहमति जुटाउने मापदण्ड समेत तयार पारेको छ ।
शुक्रबार बसेको पार्टीको बैठकले तयार पारेको मापदण्ड पार्टीको संघीय परिषद् र केन्द्रीय कमिटीले पास गर्न बाँकी रहेको पार्टीका कार्यकारिणी सदस्य मोहम्मद इस्तिायाक राईले जानकारी दिए ।
पार्टीको स्थानीय स्तरको कमिटीलाई नै उम्मेदवार छनौटको अधिकार दिइए पनि सो क्रममा विवाद भएमा माथिल्ला कमिटीमा विवाद समाधान समिति बनाएर उम्मेदवार छनौटको अधिकार दिइएको छ ।
उनले भने–‘पार्टीको प्रत्येक संगठनको तहमा एउटा विवाद समाधान समिति बनाउने निर्णय भएको छ । कम्तीमा ३ जनाको नाम सिफारिस गरेर स्थानीय तहले आफैँले टुङ्गो लगाउने निर्णय भएको छ । स्थानीय तहमा टुङ्गो लागेन भने जिल्ला समन्वय समितिमा पठाउने निर्णय भएको छ । जिल्ला समन्वय समितिले टुङ्गो लगाउन नसकेमा प्रदेश कमिटीमा विवाद पठाउने, प्रदेशमा रहने ३ जना सदस्य रहेको विवाद समाधान समितिले टुङ्गो लगाउने मापदण्ड तय गरिएको छ ।’
पालिका प्रमुखका लागि पालिकामै रहेको कमिटीले सिफारिस गर्ने, महानगर र उपमहानगरपालिका उम्मेदवारको पनि जिल्ला तहले निर्णय गर्ने, विवाद भएको अवस्थामा मात्रै प्रदेश कमिटीको भूमिका हुने राईले बताए ।
पार्टीको केन्द्रले महानगरको उम्मेदवार मात्र टुङ्गो लगाउने मापदण्ड तय गरिएको छ । महानगरमै उम्मेदवारमा सहमति जुटेमा केन्द्रले त्यसलाई स्वीकार गरेर जाने राईले बाए ।
उनले भने–‘पार्टीले मुख्य भूमिका स्थानीय तहलाई नै दिएको छ । विवाद आयो भने जिल्ला समन्वय समिति, प्रदेश समितिले तय गर्नेछ । प्रदेश समितिमा पनि केन्द्रले सन्तुलित ढंगले विवाद समाधान समन्वय समिति बनाउने छ । उम्मेदवार छनौट गर्दा लोकप्रियता, जित्न सक्ने आधार, दक्षता, पार्टीमा निरन्तरता, समावेशिताको आधारमा छनौट गर्ने तय भएको छ ।’
राम्रो काम गरेको र जनचाहना भएको व्यक्तिलाई फेरी दोहोरिन दिइने राईले बताए ।