लोसपा र जनमत पार्टी वारेमा बाबुराम भटराईको टिप्पणी – विचार र सिद्धान्तविहिन – Madhesh Update

लोसपा र जनमत पार्टी वारेमा बाबुराम भटराईको टिप्पणी – विचार र सिद्धान्तविहिन

   March 12, 2022  

जनता समाजवादी पार्टी, नेपालका संघिय परिषद अध्यक्ष अध्यक्ष बाबुराम भटराईले मधेशमा सक्रिय अन्य दुुई दल माथी विचार र सिद्धान्त विहिनताको आरोप लगाएका छन । शनिवार बसेको जसपा संघिय परिषदमा आफनो राजनितीक प्रतिवेदन पेश गर्दै भटराईले लोसपा र जनमत पार्टीको कुनै विचार र लक्ष्य प्रष्ट नरहेको आरोप समेत समेत लगाएका छन । केहि समय अघि सम्म लोसपाका नेताहरु र भटराई एउटै पार्टी थिए ।

बैठकमा भटराईले पेश गरेको राजनितीक प्रतिवेदनमा जसपा र अरू पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको छ । दस्तावेजमाथि सामूहिक छलफल हुने जसपाले जनाएको छ । विसं २०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जसपा बनेपछि पार्टीको पहिलो सङ्घीय परिषद् बैठक हो । विभिन्न विषय समेटिएको ३२ पृष्ठको प्रतिवेदनमा राजनीतिक शक्तिको विश्लेषणका रुपमा नेपाली काँग्रेस नेपाल कम्युनिष्ट पार्टीका घटकहरु, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबारे धारणा समेटिएको छ ।

प्रतिवेदनमा अध्यक्ष भट्टराईले काँग्रेस वैचारिक दृष्टिकोणले उदारवादी–पूँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने पार्टीका रुपमा चित्रित गरेका छन् । काँग्रेसले प्रजातान्त्रिक समाजवादको नारा लिए पनि यसको व्यावहारिक अभ्यास गर्न नसकेको आरोप प्रतिवेदनमा लगाइएको छ ।

यस्तै नेपालमा धेरै कम्युनिष्ट समूह रहेका र नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत घटकहरु जसपाको दृष्टिकोणमा एउटै पेन्सिलका फरक–फरक टुक्रा मात्रै भएको प्रतिवेदनमा भट्टराईले उल्लेख गरेका छन् । काँग्रेस र कम्युनिष्टको ब्रान्ड नामबाहेक काँग्रेस र एमालेको नीतिमा भिन्नता नभएको टिप्पणी गर्नुभएका भट्टराईले उत्पीडित राष्ट्रियताहरुको पहिचान, अधिकार र मुक्ति, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी केन्द्र काँग्रेस र एमालेभन्दा थोरै लचिलो र उदार देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्यक्ष भट्टराईले एकीकृत समाजवादीको एजेन्डा अझै प्रस्ट भइनसकेको र राप्रपा सानो शक्ति भए पनि विचारले सबभन्दा दक्षिणपन्थी, प्रतिक्रियावादी र पश्चगामी दल भएको टिप्पणी गरेका छन् ।

विवेकशील–साझा पार्टीको एउटा पङ्क्तिले विचारमा पश्चगामी फन्को मारेको र प्रगतिशील–लोकतान्त्रिक सोच भएका युवाहरु असन्तुष्ट रहेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।