रौतहटको ईशनाथ नगरपालिकाद्धारा मेयर कप क्रिकेट प्रतियोगिताका लागि बिदा – Madhesh Update

रौतहटको ईशनाथ नगरपालिकाद्धारा मेयर कप क्रिकेट प्रतियोगिताका लागि बिदा

   March 10, 2022  

रौतहटको एक नगरपालिकाले अन्तरपालिका स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताका लागि दुई दिन सार्वजनिक बिदा दिएको छ।

ईशनाथ नगरपालिकाले नगरपालिकाले २५ र २६ गते दुई दिन हुने अन्तर नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिताका लागि सार्वजनिक बिदा दिएको हो।

नगरपालिकाभित्र हुने एउटा क्रिकेट प्रतियोगिताका लागि बिदा दिएको भन्दै नगरप्रमुख सन्तोषकुमार मेहताको स्थानीय स्तरमा आलोचना भइरहेको छ।