नारी दिवसको अवसरमा भारत-नेपाल एलुनाई सन्जालले गर्यो कार्यक्रम

सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलवार काठमाडौमा “महिलाको राजनीतिक सहभागिताः चुनौति र समाधानका बाटाहरु” विषयक अन्तक्रिया कार्यक्रम गरेको छ ।
भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा कांग्रेस नेतृ आरजु देउवा राणा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, महिला सांसदहरु बिन्दा पाण्डे र पुष्पा भुषालको सहभागीता थियो । कार्यक्रम प्राध्यापक तथा निर्वाचन आयोगका पुर्व आयुक्त ईला शर्माले सहजकर्ताको भुमिका थिईन ।
छलफलका वक्ताहरुले राजनीतिक वृत्तमा महिलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिला हकलाई उजागर गर्न गर्नुपर्ने प्रयासबारे चर्चा गरेका गिए । वक्ताहरुले वर्तमान समयमा महिला नेतृत्वको खाँचो भइसकेकाले नीति निर्माणको क्षत्रमा महिलाको प्रतिनिधित्व एवम् सहभागितालाई थप विस्तार तथा सुनिश्चित गर्न महिला सम्बन्धि कानुनी प्रावधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिईन ।