जनमत पार्टी द्धारा स्थानीय तह निर्वाचनको तयारी सुुरु – Madhesh Update

जनमत पार्टी द्धारा स्थानीय तह निर्वाचनको तयारी सुुरु

   March 8, 2022  

जनमत पार्टीले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पनि होमिएको छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएको छ । यसको जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएको छ । केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यले जिम्मेवारी बाँडफाँट गरेर काम गर्ने पार्टीले जनाएको छ । त्यस्तै, किसान आन्दोलनका थप कार्यक्रम होली पर्व अर्थात ५ चैतपछि घोषणा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसअघि २० फागुनसम्म आन्दोलन भएको थियो । २० जिल्लामा भइसकेको माटो यात्रालाई बाँकी जिल्लामा पनि निरन्तरता दिइने भएको छ ।

जनमत पार्टीले स्थानिय तह निर्वाचनमा उम्मेदवार हुने इच्छुकहरुका लागी यस अघि नै अनलाइन मार्फत नामहरु संकलन गरिसकेको छ । स्थानिय तह निर्वाचनलाई लक्षित गरेर यो पार्टीले पछिल्लो समयमा लागातार कार्यक्रमहरु गर्दै आएका छन ।