भारतीय महावाणिज्यदुतावासद्धारा बीरगंजमा भारत-नेपाल मैत्री क्रिकेट खेल आयोजना

भारतले मनाईरहेको आजादी का अमृत महोत्सव अन्तर्गत वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासले शनिवार भारत नेपाल मैत्री क्रिकेट खेल आयोजना गरेको थियो । सहभागी दुई टोलीहरू कन्सुल जनरलको टोली (सिजी ११) र सिडियो को टोली (सिडियो ११) थिए ।
सिडियो ११ द्वारा टस जितेर पहिले ब्याटिङ रोजिएको थियो । सिजी–११ टोलीलाई ७२ रनको लक्ष्य दिइएको थियो । सिजि ११ ले दुई ओभर बाँकी रहँदै लक्ष्यलाई सफलतापूर्वक पछ्यायो । सिडियो ११ मा नेपालका विभिन्न सरकारी निकायका अधिकारीहरू थिए ।
खेलको उद्देश्य भारत र नेपालका अधिकारीहरू बीचको सम्बन्धलाई प्रगाढ बनाउनु र स्वस्थ स्वास्थ्यमा खेलकुदको महत्त्वलाई उजागर गर्नु रहेको महावाणिज्यदुतावासले जनाएको छ ।