मिथीला परिक्रमाका तिर्थालुको स्वागतमा मटिहानी नगरपालिकाद्धारा आइतबार सार्वजनिक बिदा
महोत्तरीको एक पालिकाले परिक्रमामा सहभागी भएका श्रद्धालु भक्तजनलाई स्वागत गर्नका लागि एक दिने बिदाको घोषणा गरेका छन् । मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत चौथो दिन महोत्तरीको मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने भएकोले आइतबार बिदा दिएको मटिहानी नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै घोषणा गरेका हुन् ।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा चौथो दिन आइतबार मटिहानीमा विश्राम गर्ने हुँदा मटिहानी नगरमा सार्वजनिक बिदा दिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । धनुषाको कचुरीबाट डोलासहित परिक्रमा यात्रीहरू हनुमान गढीमा प्रस्थान पछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ ।
त्यसपछि कल्याणेश्वर हुँदै शनिबार परिक्रमा यात्रीहरू फुलहर पुगेका छन् । आइतबार मटिहानी हुँदै जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र पुनः कल्याणेश्वर हुँदै फागुन पूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरी समाप्त हुनेछ ।