लोसपाद्धारा विरगंज र जनकपुरघामको अध्यक्ष मनोनयन

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको अध्यक्ष मनोनय गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले वीरगञ्ज महानगरपालिकाको पार्टी अध्यक्षमा ओमप्रकाश सर्राफलाई मनोनय गरेका छन् । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाको पार्टी अध्यक्षमा मनोज चौधरीलाई मनोनय गरिएको छ ।
जसपाबाट लोसपा अलग भएपछि अहिले संगठन निर्माणको प्रकृयालाई तीव्रता दिएको छ । प्रदेश, जिल्ला समिति गठन गर्दै स्थानीय तहमा प्रवेश गरेको छ । केन्द्रले प्रदेश र जिल्ला जस्तै पालिकाहरुमा हाललाई संयोजक मात्र चयन गरिरहेको छ । पछि संयोजकले कार्यसमिति विस्तार गर्ने नीति लोसपाले लिएको छ ।