जनकपुरघामका व्यापारीको आग्रह -सीमा नाकाबाट सामग्री ल्याउन सहज गरियोस् – Madhesh Update

जनकपुरघामका व्यापारीको आग्रह -सीमा नाकाबाट सामग्री ल्याउन सहज गरियोस्

   March 3, 2022  

धनुषाका व्यवसायीहरुलाई नेपाल–भारतको सीमावर्ति क्षेत्रबाट सामग्रीहरु ल्याउन कठिनाई भईरहेको भन्दै धनुषाका सुरक्षानिकाय तथा सरोकारवालासँग गुनासो गरेका छन् । नेपाल–भारत सिमा क्षेत्रबाट सामग्री नेपाल भित्र्याउँदा प्रहरी देखि भन्सारसम्म असहयोग हुने गरेकाले व्यापक बाधा अवरोध हुँदा असुरक्षा समेत हुने गरेकाले तत्काल समस्यालाई सहज गरि दिनका लागि व्यवसायीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले व्यापारी व्यवसायीले नियमपूर्वक कानूनको पालना नगर्दा चोरी पैठारीदेखि तस्करीसम्म बढ्ने गरेकाले गलत प्रवृत्तिलाई निरुत्साहित सहित कारवाही प्रक्रिया अघि बढाइएको बताए ।

उनले केहि महिनामै प्रहरीले करिब चार महिनामा तीन करोड रुपैयाँ भन्दा बढीको अवैध सामग्रीहरु पक्राउ गरि भन्सार कार्यालयमा बुझाएका बताउँदै प्रमुख जिल्ला अधिकारी पौडेलले सही तरिकाले सर सामग्री ल्याउँदा कुनै पनि कठिनाई र समस्या नहुने स्पष्ट पारे ।

उनले व्यापारी व्यवसायीलाई कानूनको पालना गर्दै राजस्व तिर्दै सही बाटोबाट सामग्री ल्याउन आग्रह समेत गरे । बुधबार जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष जितेन्द्र महासेठले व्यापारी तथा व्यवसायीलाई सिमावर्ती क्षेत्रबाट सामग्री ल्याउन निकै कठिनाई र चुनौती हुने गरेकाले समन्वयात्मक भुमिका निर्वाह गरि दिनका लागि सुरक्षानिकाय तथा भन्सार कार्यालयलगायतका कार्यालय प्रमुखसँग आग्रह गरेका थिए ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख गजेन्द्र यादवले व्यापारीहरूका लागि सरकारले विभिन्न समयमा मौकाका फाईदा उठाउन आग्रह गरे । उनले समयमै कर बुझाउन देखि राजस्व भुक्तानी गर्न समेत सुझाए ।

महोत्तरी स्थित भिठामोड भन्सार कार्यालयका प्रमुख अमित पौडेलले जनकपुरधामका व्यवसायीहरुलाई वैधानिक बाटोबाट सर सामग्रीहरु आयात गरेमा कुनैपनि किसिमको कठिनाई उठाउनुपर्ने प्रतिवद्धता जनाए ।

केहि महिनायता देखि नेपाल–सिमावर्ती क्षेत्र प्रहरीले कडाई गरेपछि व्यापारी तथा व्यवसायीलाई समस्या उत्पन्न भएपछि सरोकारवालासँग अन्तरक्रियाको माध्यमबाट समस्या समाधानका लागि अग्रसरता लिएको हो ।